• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेपाल बुद्धिजीवी संगठन घोराहीको अध्यक्षमा गौतम




नेपाल बुद्धिजीवी संगठन घोराही उपमहानगर समिति अध्यक्षमा माधव गौतम चयन हुनुभएको छ ।

जिल्ला कार्य समिति दाङको आयोजनामा भएको भेलाले गौतमको अध्यक्षतामा १९ सदस्यीय उपमहानगर समिति चयन गरेको हो ।

समितिको उपाध्यक्ष रामचन्द्र अधिकारी, सचिव सेमलाल मल्ल, सहसचिव भरत पोख्रेल र कोषाध्यक्षमा शशिराम ओली चयन हुनुभएको छ ।

त्यस्तै सदस्यहरुमा कमल आचार्य, बुद्धि धिताल, विनोद घिमिरे, रोमर्ष आचार्य, ध्रुव अधिकारी, भूपबहादुर शाह, सरिता न्यौपाने, मोतिलाल रायमाझी, क्याप्टेन सुरज पुन, केवश पोख्रेल र अशोक गिरी चयन हुनुभएको छ ।

संगठनका जिल्ला अध्यक्ष माधव न्यौपानेको अध्यक्षमा भएको कार्यक्रममा प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य रेखा शर्मा, बिशिष्ठ अतिथि पोलिटब्यूरो सदस्य एवं जिल्ला इञ्चार्ज निर्मल आचार्य, अर्का बिशिष्ठ अतिथि नेपाल राष्ट्रिय प्राध्यापक संगठन पोखरा विश्वविद्यालयका निवर्तमान केन्द्रीय अध्यक्ष एवं पोखरा विश्वविद्यालयका परीक्षा नियन्त्रक डा. तुलसीराम भण्डारी, अतिथिहरु एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय सचिव गणेश रिजाल, नेपाल राष्ट्रिय प्राध्यापक संगठनका निर्मल गौतम, पद्योदय माविका प्राचार्य रामप्रसाद जैसी, प्रेस सेन्टर दाङका अध्यक्ष पाण्डव शर्मालगायतले बोल्नुभएको थियो ।

कार्यक्रम सञ्चालन संगठनका जिल्ला सचिव डा. भीमसेन गिरीले गर्नुभएको थियो । सो अवसरमा दशैं, तिहार र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान पनि गरिएको थियो ।

Facebook Comments