• ११ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
लागु औधष दुर्व्यसनी न्यूनिकरणका लागि जनचेतनामूलक कार्यक्रम




तुलसीपुर, १२ असोज । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ मा स्वस्थ , शान्ति सुरक्षा अभियान अन्तर्गत स्वस्थ , शान्ति सुरक्षा एवं दुव्र्यशनी न्यूनिकरणका लागि जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । वडा नं. ८ को आयोजनामा सोमबार तुलसीपुरको श्री कृष्ण मन्दिर दोघरेको सभा हलमा सो कार्यक्रम सम्पन्न भएको हो ।No description available.

तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ का वडा अध्यक्ष धर्मराज वलीको अध्यक्षता एवं तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काको प्रमुख अतिथि तथा अभियानका सल्लाहकार , मोटिभेस्नल स्पिकर एवं माइण्ड काउन्सलर डिल्ली बस्नेत (संगित) को विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा अभियान प्रमुख रमेश परियार ,तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख बिमल केसी , बेलुवा प्रहरी चौकीका प्रमुख रमेश बुढाथोकी , वडा नं. ८ का वडा सचिव शम्भु प्रसाद शर्मा , वडा नं. ८ का वडा सदस्य हस्त बहादुर विक, प्रमुख पार्टीहरुका वडा अध्यक्षहरु , जनप्रतिनिधिहरु , बुद्धिजीवी , लगायत वडावासीहरुको उपस्थिति थियो ।

कार्यक्रममा प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काले जनचेतनामूलक कार्यक्रम गरेकोमा अभियान प्रमुख एवं वडा नं. को कार्यालयलाई विशेष धन्यवाद दिनुभएको थियो । उहाँले सो अवसरमा अहिले जसरी युवापंती कुलत , लागू औषधमा लागेकै कारण समाजमा जघन्य अपराध भएको बताउनु भएकोभयो । परिवार नै पहिलो स्कुलिङ केन्द्र भएको ले आ–आफ्नो बालबालिकाहरुको रहन–सहन साथ संगत कोसंग गर्दै छ यो सबै निरीक्षण गर्न सक्यौं भने केही मात्रामा घटनाहरु नियन्त्रण गर्न सकिने मेयर खड्को भनाइ थियो ।

अभियानका सल्लाहकार बस्नेतले युवाहरूलाई आफ्नो आनिवानी आफै नै सुधार्नु पर्ने र कसैको गलत देखासिखीले गर्दा नै नकारात्मक सोच आउने भएकाले आफुमा सकारात्मक सोचको विकास गर्नु नै असल र सभ्य व्यक्ति बन्न सक्ने विचार राख्नु भएको थियो ।

बेलुका प्रहरी चौकीका प्रमुख बुढाथोकीले अहिले ३ वटा वडा आफ्नो चौकीले एक्लै हेर्ने गरेको प्रयाप्त जनशक्ति एवं सवारी साधनमा पनि कमि भएकाले सुरक्षा दिन अल्लि असजिलो भएको जानकारी गराउनु भएको थियो । उहाँले आफू तुलसीपुरकै वासी भएकाले तुलसीपुरको सुरक्षामा सदैव प्रहरी जनताकै साथमा रहेको र जनताको पनि साथको अपेक्षा राख्नु भएको थियो ।

वडा अध्यक्ष वलिले अभियान कार्यक्रमलाई आफ्नो वडामा ल्याएकोमा अभियान प्रमुख रमेश परियारलाई विशेष धन्यवाद दिनु भएको थियो । उहाँले वडा कार्यालय सदैव वडावासीहरुलाई सामाजिक सुरक्षा , स्वस्थमय वडा बनाउन पुर्णरुपमा लागेको र पछि पनि लागि रहने प्रतिबद्धता जनाउनु भएको थियो ।

अभियानका प्रमुख परियारले जसरी हाम्रो समाजले जे जति घटना घट्दापनि प्रहरी प्रशासनलाई पुर्ण सहयोग न गरेकोमा चिन्ता व्यक्त गर्नु भएको थियो । उहाँले आफ्ना बालबालिकाहरुलाई हामीले मासिक कति पैसा दिन्छौं र ती बालबालिका कोसँग रहनसहन कस्तो छ हो तेहिबाट पनि सजिलै थाहा पाउन सकिन्छ कि ती बालबालिकाहरु के–कस्ता गतिविधि गर्दछन् भन्ने कुरा थाहा नपाए समाजमा विसंगति देखापर्ने भएकाले परिवार सहज हुनुपर्नेमा जोड दिनुभयो ।

उक्त कार्यक्रमबाट अभियानले भुप बहादुर केसीको संयोजकत्वमा स्वस्थ शान्ति सुरक्षा अभियान समिति गठन गरेको छ ।

कार्यक्रममा उपस्थिति जनसमुदाय एवं राजनीति दलका प्रतिनिधिहरुले एकै आवाजमा वडाको स्वास्थ शान्ति सुरक्षामा सबै एकजुट भएर जाने र आफ्नो वडालाई स्वस्थमय, सुरक्षितमय समाज निर्माणमा एकरुपता भएर अगाडि बढ्का लागि नव गठित समितिलाई पुर्ण साथ सपोर्ट गर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।

कार्यक्रमको सहजीकरण वडा नं. ८ का वडा सचिव शम्भु प्रसाद शर्माले गर्नु भएको थियो ।

Facebook Comments