• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
निवृत्त राष्ट्रसेवक समाजद्वारा शुभकामना आदानप्रदान




नेपाल निवृत्त राष्ट्रसेवक समाज प्रधान कार्यालय दाङकाे आज घोराहीमा बसेको बैठकले शुभकामना आदानप्रदान सहित केही महत्त्वपूर्ण निर्णय समेत गरेको छ ।

समाजका अध्यक्ष चतुरमान डाँगीकाे अध्यक्षतामा भएको बैठकमा उपस्थित सेवा निवृत्त राष्ट्रसेवकहरूले २०७९ सालको बडादशैँ, दीपावली तथा छठ लगायतका चाडपर्वहरू शुभ रहुन् र राष्ट्रकै समृद्धि हाेस् भन्दै एकआपसमा शुभकामना आदानप्रदान गरेका थिए ।

साथै समाजले ६० वर्ष उमेर पुगेका जेष्ठ नागरिकहरुलाई सरकारी स्वास्थ्य संस्थामा लाग्ने शुल्क तथा सार्वजनिक यातायातका सवारी साधनमा लाग्ने भाडा दरमा ज्येष्ठ नागरिक एेन २०६३ मा व्यवस्था भए अनुसार ५० प्रतिशत रकम छुटकाे व्यवस्थालाई कार्यान्वयन गराउनका लागि जिल्ला प्रशासन कार्यालय मार्फत ज्ञापनपत्र दिने निर्णय गरेको छ।

यसैगरी ज्येष्ठ नागरिकहरुले सरकारी तथा गैह्रसरकारी निकायबाट सेवा, सुविधा लिँदा लाइनमा बस्दा कठिनाई हुने भएकाेले ज्येष्ठ नागरिक ऎन २०६३ मा व्यवस्था भए बमाेजिम लाइनमा बस्नु नपर्ने अवस्थालाई व्यावहारिक रूपमा कार्यान्वयन गराउनका लागि सम्बन्धित कार्यालयमा परिपत्र गरिदिन जिल्ला प्रशासन कार्यालयमा अनुरोध गर्ने निर्णय पनि गरेको छ।

साथै केही दिनअघि माेटरसाइकल दुर्घटनामा परी उपचार गराइरहनुभएका समाजका सदस्य शेषमणि रिजालकाे स्वास्थ्यलाभको कामना समेत गरिएकाे छ ।

Facebook Comments