• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुन्टीगढी – ९ मा सामाजिक सुरक्षा भत्ता बितरण




 कमल खड्का

होलेरी, ११ असोज । रोल्पाको रुन्टीगढी गाउँपालिकाले होलेरीमा रहेको बैंक मार्फत बितरण गर्दै आएको सामाजिक सुरक्षा भत्ता ९ नम्बर वडा कार्यालयबाट वितरण कार्य सम्पन्न गरेको छ । राष्ट्रिय बाणिज्य बैंक होलेरीका प्रबन्धकको नेतृत्वमा गएको टोलिद्वारा सोमबार वडा नम्बर ९ को कार्यालयबाट सो भत्ता वितरण भएको हो ।No description available.

गाउँगाउँबाट होलेरी आएर सामाजिक सुरक्षा भत्ता बुझ्ने समस्यालाई मध्यनजर गर्दै रुन्टीगढी गाउँपालिका र राष्ट्रिय वाणिज्य बैंक होलेरी शाखाको समन्वयमा वडा कार्यालयमा गएर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने कामको सुरुवात भएको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुनले अब यसैगरी रुन्टीगढी गाउँपालिकाको सबै वडाबाट क्रमश सामाजिक सुरक्षा भत्ता वितरण हुने बताउनु भएको छ ।

वडाबाटै भत्ता वितरण गर्दा लाभ ग्राहीलाई निकै सहज भएको सामाजिक सुरक्षा भत्ता बुझ्न आएका लाभग्राहीले बताएका छन् । सेवाग्राहीले वडाबाटै सामाजिक सुरक्षा भत्ता बितरण भएपछि अबदेखि बैंकमा जानुपर्ने बाध्यता हटेको भन्दै खुसी ब्यक्त समेत गरेका थिए ।

रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुनको प्रमुख आतिथ्यतामा सुरु भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रेमन्त डाँगी, वडा ९ का वडा अध्यक्ष चेतलाल खत्री, बैंक कर्मचारी , सुरक्षाकर्मी ,समाजसेवी लगायतको उपस्थिति रहेको थियो ।

 

 

 

 

 

 

 

Facebook Comments