• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्रेस सेन्टर सुनछहरीको इञ्चार्जमा विष्ट




खुमबहादुर सुनार
लिवाङ, १० असोज । प्रेस सेन्टर नेपाल सुनछहरी गाउँपालिकाको प्रथम भेला सम्पन्न भएको छ । सेन्टर रोल्पा जिल्ला शाखाको आयोजनामा सोमबार सुनछहरीमा सो भेला सम्पन्न भएको हो ।No description available.

प्रेस सेन्टर रोल्पाको जिल्लास्तरिय बैठकको निर्णय अनुसार रोल्पाका एउटा नगर पालिका र ९ वटा गाउँपालिकामा गरी १० वटा स्थानीय तहमा संगठन विस्तार  गर्ने निर्णय भए अनुसार सुनछहरी गाउँपालिकामा पहिलो पटक प्रेस सेन्टरको नयाँ समेति गठन गरिएको छ ।

प्रेस सेन्टर सुनछहरी गाउँपालिकाको इन्चार्ज जुनिस कुमार विष्ट रहने गरि ११ सदस्यीय नयाँ कार्य समितिका चयन गरिएको छ । जसको अध्यक्षमा आशिष पुनमगर, उपाध्यक्षमा ओमप्रकाश बुढा, सचिवमा खुमबहादुर घर्ती , कोषाध्यक्षमा मनकुमारी घर्तीमगर , सहसचिवमा दिलपुरा घर्तीमगर , सदस्यहरुमा एन्जल बुढामगर , स टेकमन विष्ट , हस्तिरा विक , ज्ञानज्योती पुनमगर सुस्मिता बुढामगर लगायत रहेका छन् ।No description available.

प्रेस सेन्टरका नेपाल रोल्पा जिल्लाका अध्यक्ष देबि गुरुङको अध्यक्षता तथा नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य तथा प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष मानसिंह विश्वकर्माको प्रमुख आतिथ्यतामा भएको भेलामा सुनछहरी गाउँपालिकाका अध्यक्ष धनबहादुर पुन, प्रेस सेन्टरका केन्द्र सदस्य तथा नेपाल पत्रकार महासङघका अध्यक्ष नवीन लोचन, नेकपा माओवादी केन्द्रका पार्टीका सुनछहरी गाउँपालिकाका अध्यक्ष महाबिर राना, गाउँपालिकाका पार्टी सचिव अमरजित पुनमगर लगायतको उपस्थिति रहेको थियो ।No description available.

कार्यक्रमको सहजीकरण प्रेस सेन्टर नेपाल रोल्पाका सचिव भरत नेपालीले गरेका थिए ।

Facebook Comments