• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रोल्पा नपाको २ र ४ वडालाई सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा




खुमबहादुर सुनार
लिवाङ, १० असोज । रोल्पा जिल्लाको एउटा मात्र नगरपालिका रोल्पा नगरपालिकाको आयोजना युनिसेफ नेपालको आर्थिक सहयोग तथा हुरेक नेपालको प्राविधिक सहयोगमा रोल्पा नगरपालिकाको वडा नम्बर २ र ४ का समुदायहरुलाइ सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएको छ ।No description available.

 

यस कार्यक्रमका प्रमुख अतिथि पुर्व सभामुख कृष्णबहादुर महराले सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा कार्यक्रममा सम्बन्ध गर्दै पहिले समुदायमा पानी मुहानहरूमा पानीहरू फोहोर थियो सबै ठाउँमा गर्नुभयो ।

 

रोल्पा नगरपालिकामा संचालन भएको खानेपानी सरसफाई तथा स्वच्छता वास कार्यक्रम अन्र्तगत रोल्पा नगरपालिकामा संचालित रोल्पा साना शहरी खानेपानी आयोजनाको वडा नम्बर २ र ४ मा खानेपानी सुरक्षा योजना लागु भएको तथा समुदाय स्वयंले पानीको परिक्षण गर्दा र नगरपालिकाको तर्फबाट अनुगमन र पानी परिक्षण गर्दा पानीमा कुनै पनि जैविक, रासायनिक तथा भौतिक प्रदुषण नभएकाले रोल्पा साना शहरी खानेपानी आयोजनाबाट लाभान्वीत रोल्पा नगरपालिका वडा नम्बर २ र ४ का समुदायहरुलाई सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएको हो ।No description available.

 

लुम्बिनीप्रदेसमा रोल्पा नगरपालिकाले दोसे स्थानको रुपमा घोषणा गर्न सफल भएको छ । रोल्पा नगरपालिका मा पहिलो पटक वा पुर्व नगर पुर्ण के सीको कार्यकालमा सुरू भएको कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

यश नम्बर २ र ४ का करिब एक हजार एक सय घरधुरीह सुरक्षित खानेपानीको पहुँचमा रहेका छन् । दुबै वडामा खानेपानी सुरक्षा टोली गठन भई खानेपानी सुरक्षा योजना लागुगरेका छन । वडा नम्बर २ र ४ का बिचबजार, पिपलचौतारा, सातताले, काभ्रेर्खक, मुलपानी, थलिबाङ, लिबाङ बजार लगायतका अन्य लाभान्वित समुदायहरुपनि सुरक्षित खानेपानीको पहुँचमा रहेको नगर प्रमुख सुरेन्द्र थापा घर्तीले बताउनुभयो ।

 

२ र ४ नम्बर वडाका समुदायहरुलाई सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा भएसँगै निकट भविष्यमै वडा नम्बर ३ को खुमेल समुदाय, वडा नम्बर ७ को घापा समुदाय, वडा नम्बर १० को लिजिका च्युरीधारा समुदायलाई पनि सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गर्ने रोल्पा नगरपालिकाले लक्ष्य लिएको प्रमुख प्रशासकीय अधिकृत महेन्द्र पराजुलीले बताउनुभयो । नगरपालिकाले अन्य वडाहरुमा पनि बिस्तार गरी सबै वडाहरुलाई सुरक्षित खानेपानीयुक्त समुदाय बनाउनको लागि पहल गर्ने नगर प्रमुख थापा घर्तीको भनाई छ ।

वास कार्यक्रम अन्र्तगत रोल्पा नगरपालिकाले बिद्यालयहरु तथा स्वास्थ्यचौकीहरुमा पनि खानेपानी सरसफाई तथा स्वच्छताका सुविधाहरुको अवस्था सुधारका लागि विभिन्न सहयोग पनि गरिरहेको नगर प्रमुख थापा घर्तीको भनाई छ ।

कार्यक्रममा प्रमुख अतिथि पुर्वसभामुख महराले सफा पानीको धारोबाट भरिएको पानी पिउँदै कार्यक्रमको उदघाटन गर्नुभएको थियो । उहाँले जनताले स्वच्छ खानेपानी खान पाउनु उनीहरुको अधिकार भएको भएपनि अझैं धेरै स्थानमा पानीको प्रयाप्तता हुन नसकको अवस्थामा विभिन्न सहयोगी संस्थाको सहयोगमा नगरपालिकाले सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गर्न पुगेकोमा बधाई तथा धन्यवाद दिनुभयो ।

कार्यक्रममा विशिष्ट अतिथि लुम्बिनी प्रदेससभा सदस्य दिपेन्द्रकुमार पुन, जिल्ला समन्वय समितिका प्रमुख सिता आचार्य, प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा, निर्वतमान नगर प्रमुख पुर्ण केसी, निर्वतमान नगर उपप्रमुख मनकुमारी घर्ती, राजनैतिक दल, विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्था, वर्तमान तथा निर्वतमान वडा अध्यक्षहरु, कार्यपालिकाका सदस्यहरु, उद्योग बाणिज्य संघ, नेपाल पत्रकार महासंघ लगायतका प्रमुख प्रतिनिधिहरु,विभिन्न सरोकारवालाहरु, पत्रकार, बिद्यालयका शिक्षक, बिद्यार्थीहरु लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

नगर प्रमुख सुरेन्द्र थापा घर्तीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत महेन्द्र पराजुलीले गर्नुभएको थियो भने नगर उपप्रमुख गिता आचार्यले स्वागत मनतब्य दिनुभएको थियो । कार्यक्रममा विभिन्न बिद्यालयलाई प्रशंसापत्र दिएर सम्मान गरिएको थियो ।

कार्यक्रममा बाल कल्याण नमुना माबि, तुल्सी आबासीय माबि, होलिभिजन आबासिय माबि, बालमिन्दर आधारभुत बिद्यालय लगायतका बिद्यालयहरुले नृत्य प्रस्तुत गरेका थिए । रोल्पाको लिबाङ टुडिखेलबाट निकालिएको पन्चेबाजा, बिद्यालयको बाजासहितको र्यालीलेबजार परिक्रमा पश्चात टुडिखेलमा एक कार्यक्रम बिच सम्पन्न भएको थियो ।

Facebook Comments