• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
यात्रुको सहजताका लागि सल्यानका विभिन्न स्थानमा नागरिक सहायता कक्ष स्थापना




नबिन पिएम
सल्यान / हिन्दु नेपालीहरुको महान चाड पर्ब बडा दशै तथा तिहार पर्वलाई लक्षित गरी यात्रा गर्ने नागरिक तथा यात्रुहरुको सहजताको लागि सल्यानका विभिन्न ठाउमा नागरिक सहायता कक्ष स्थापना गरिएको हाे ।चाडपर्वमा घर फर्कने र बाहिर जाने यात्रुहरूलाई लक्षित गरी जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय सल्यानले आइतबारदेखि नागरिक कक्ष स्थापना गरेका हुन् ।

जिल्लाको शारदा नगरपालिकाको श्रीनगर, खलङ्गा, बनगाड कुपिन्डे नगरपालिकाको सल्लीबजार, बागचौर नगरपालिकाको थारमारे, सिमखोली, कपुरकोट गाउँपालिकाको कपुरकोट, त्रिवेणी गाउँपालिकाको लुहाममा नागरिक सहायता कक्षा स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक दामोदर केसीले बताउनु भयो । नागरिक सहायता कक्षमा प्रहरी, ट्राफिक प्रहरीको संयुक्त टोलीबाट जिल्ला बाहिरिने र भित्रिने यात्रुहरूलाई सहयोग गर्ने उहाँको भनाई छ ।

उहाँका अनुसार दशै तिहारको समयमा यात्रुहरूको चाप बढी हुने भएकाले सवारी दुर्घटना बढी हुने गरेको छ । नागरिक सहायता कक्षमा कार्यरत सुरक्षाकर्मीले दुर्घटना न्यूनीकरणसम्बन्धी सवारी चालकलाई विभिन्न सचेतना गराउने छन् । गाडीको सिट क्षमताभन्दा बढी यात्रु तथा सामाग्री हाल्न रोक लगाउने केसीको भनाई छ ।

सुरक्षाकर्मीले सवारी अभावमा अलपत्र परेका यात्रुहरुलाई गाडीको व्यवस्था मिलाई घरसम्म पठाउन सहजीकरण गर्ने उहाँले बताउनु भयो ।

जिल्लामा दशै तिहारको समयमा विगतमा धेरै ठुला दुर्घटना भएकाले दुर्घटना न्यूनीकरण गर्न नागरिक सहायता कक्षमा कार्यरत सुरक्षाकर्मीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले बताउनु भयो ।

Facebook Comments