• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राष्ट्रिय स्वतन्त्र पार्टी दंगीशरणको सभापतिमा चौधरी




राष्ट्रिय स्वतन्त्र पार्टी दंगिशरण गाउँपालिकाको सभापतिमा प्रकाश चौधरी चयन हुनुभएको छ ।

जिल्ला सभापति ओपेन्द्र दाहालको अध्यक्षता तथा राष्ट्रिय स्वतन्त्र पार्टीको दाङ क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यका दावेदार कमल सुवेदी, समानुपातिक उम्मेद्वार तृप्तिशिखा चौधरी र जिल्ला सचिव किसन ओली एवं समाजसेवी रुपशिखा चौधरीको बिशिष्ठ आतिथ्यतामा भएको भेलाले चौधरीको नेतृत्वमा ७ सदस्य पालिका स्तरीय तदर्थ कार्यसमिति चयन गरेको छ ।

जसमा उपसभापति रुपशिखा चौधरी, सचिब उमेश केसी, सदस्यहरु जनक रावत, हरि बिक, नहुस लामिछाने र सीता चन्द रहनु भएको छ । सो कार्यक्रममा स्थानीय सहभागीको तर्फबाट सुबास बिक र रुपशिखा चौधरीले मेरो परिकल्पनाको देश भन्ने बिष्यमा आ–आफ्ना धारणा राख्नुभएको थियो ।

कार्यक्रमको सहजीकरण भक्तबहादुर डाँगीले गर्नुभएको थियो ।

Facebook Comments