• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुन्टीगढीले जनताको घर आगनमै पुगेर वितरण गर्दै सामाजिक सुरक्षा भत्ता




कमल खड्का
होलेरी, ८ असोज । रोल्पाको रुन्टीगढी गाउँपालिकाले पहिलो पटक प्रत्येक वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको छ । पहिले विभिन्न बैंक मार्फत वितरण गर्दै आएको सामाजिक सुरक्षा भत्ता अहिले राष्ट्रिय बाणिज्य बैकं मार्फत प्रत्यक वडा स्तरबाटै वितरण गर्ने तयारी गरेको छ ।

बैंक कार्यलयबाट वितरण गर्दा दुरी टाढा भएका सेवा ग्राहीलाई समस्या भएकोले अब सेवाग्राहीलाई सहजताको लागि वडास्तरबाटै वितरण गर्न लागिएको हो । जसको जिम्मा राष्ट्रिय बाणिज्य बैंकले लिएको छ । यस अघि अन्य बैंक बाट बुझदै आएका लाभग्राहीले अब त्यहाँबाट प्राप्त गर्न सक्ने छैन्न । पहिलो चरणको सामाजिक सुरक्षा भत्ता वडा न:- ९ को सर्पालबाट सुरु गरिने रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुनले जानकारी दिनु भएको छ ।

सेवाग्राहीलाई भत्ता लिन आउदा राष्ट्रिय वाणिज्य बैंकको चेक लिएर असोज १० गते बिहान १० बजे आउन समेत आग्रह गरिएको छ । यसरी नै क्रमिक अन्य रुपमा वडाहरुमा पनि वितरण गरिने भएको छ ।

तर पाएक पर्ने लाब ग्राहीले भने राष्ट्रिय बाणिज्य बैंकको शाखा कार्यलय होलेरी रोल्पा बाट पनि भत्ता बझ्न सकिने भएको छ ।

Facebook Comments