(नेपालमा पछिल्लो चरण स्थानीय चुनाव सकिएसँगै स्वतन्त्रको माहोल तातिदै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी घण्टी चिन्ह लिएर अगाडि सरेको छ । संगठन बिस्तारदेखि भोट माग्नसम्म देशब्यापी अभियान नै संचालन गरेको सो पार्टीले चुनावमा परिणाम जस्तो आउला तर मेहनत निकै खर्चेको छ । सोही पार्र्टीका दाङ जिल्ला सचिव किसन वलीसँग सिस्ने अनलाइन प्रबन्धक प्रेम क्षेत्रीले समसामयिक बिषयमा रोचक कुराकानी गर्नुभएको छ ?
किसनजी नमस्कार, सन्चै हुनुहुन्छ ?
–हजुर नमस्कार, सन्चै छु ।
सर्वप्रथम त बधाई छ, राष्ट्रिय स्वतन्त्र पार्टी दाङको सचिव हुनु भएकोमा ।
–धन्यवाद हजुर ।
स्वतन्त्रको परिभाषा के रहेछ ?
–स्वतन्त्रता आधुनिक कालको प्रमुख राजनीतिक दर्शन हो । यो एउटा राष्ट्र देश वा राज्य रहेका जनसमुदाय वा जनसंख्याका लागि बनाइएको एक प्रणाली हो । कुनै पनि स्वतन्त्र देशको विद्यामान नियम, कानून बमोजिम कुनै ब्यक्ति, समूह वा निकायले गर्ने कुनै पनि कार्यमा प्रतिबन्ध वा मनाही हुँदैन् । अर्थात् स्वतन्त्र देशका नागरिक स्वशासनदवारा शासित हुने गर्दछन् । प्रत्यक्ष वा परोक्ष रुपमा हुने नेतृत्वको दासताबाट मुक्त भन्ने जनाउँदछ ।
स्वतन्त्र मान्छेहरूको लोकप्रियताबाट खोसिएको नाम हो, अन्य दलभन्दा फरक केही छैन् भन्ने बजारको हल्ला के सही हो ?
–हालसालै सम्पन्न स्थानीय निर्वाचनमा मुलुका धेरै स्थानमा स्वतन्त्र उम्मेदवारहरुले विजय प्राप्त गर्नुभयो । यसबाट के प्रमाणित गरिदियो कि जनताले योग्य तथा जनभावना अनुसार काम गर्नसक्ने उम्मेदवार खोजिरहेका छन् । अब जनता लादिएको ब्यक्तिलाई मात्र छान्दैनन् भन्ने हो । राजनैतिक दलले जे गरे पनि हुन्छ भन्ने कुराको चुनौती हो । चुनावमा विभिन्न प्रलोभन बाडेर जितिन्छ भन्ने दुरासयपूर्ण सोचप्रति चुनौती हो ।
केही स्वतन्त्र उम्मेदवारहरुले आ–आफ्नो क्षेत्रमा राम्रो कामको सुरुवात गर्नुभएको छ । हामी पनि उहाँहरुको काममा एक्येवद्धता जनाउन चाहन्छौं । समर्थन गर्दछौं । राष्ट्रिय स्वतन्त्र पार्टी नयाँ सोच र विचार बोकेर जनताको सेवाका लागि काम गर्न आएको पार्टी हो । हामी शासक होइन्, सेवक हुन आएका छौं । जनताका दैनिदिन समस्या समाधान गर्न आएका छौं । त्यसका लागि स्पष्ट दृष्टिकोण हामीसँग छ । तसर्थ अरुको सकारात्मक पक्षबाट ग्रहण गर्नुपर्ने कुरा भए ग्रहण गर्दछौं र त्योभन्दा अझै राम्रो काम गर्दछौं । रह्यो लोकप्रियता खोसिएको भन्ने यसमा लोकप्रियता खोसिने कुरा होइन् । हरेक ब्यक्ति वा पार्टीले लोकप्रिय हुने काम गरे वापत स्याबासी पाउँछ र पाउँनुलाई पनि हामी राष्ट्र निर्माणमा दलिय व्यवस्थामार्फत जनताका तमाम समस्या सामाधनका लागि निस्वार्थ भावना लिएर अगाडि आएका छौं । तिसौं वर्ष शासन गरेर यो मूलुकलाई भोक, रोग र अशिक्षाको दुश्चक्रको भूमरिमा फसाई राखेका दलसँग एकै दृष्टिकोणबाट हुर्नु दृष्टि दोष हो भन्ने लाग्छ । आम जनताले हामीमाथि ठूलो आशा र भरोसा गरेका छन्, त्यो आशा र भरोसालाई कहिल्यौ मर्न दिदैनौं । सच्चा कर्मले जनअपेक्षा पुरागर्ने अठोट गरेका छौं ।
देशब्यापी अभियान संचालन गरेको पार्टी जनताबाट कस्तो रेस्पोन्स लिएर फर्किनुभयो ?
–देशव्यापी रुपमा हाम्रा पक्षामा देखिएको जनलहरले जनताले हामीप्रति ठूलो विशवास लिएका छन् । यो सकारात्मक रेस्पोन्सलाई सम्मान गर्दै अफ धेरै जनताको विश्वास आर्जन गर्न चाहन्छौं । मलाई लाग्छ यो निर्वाचनले देशलाई निकास दिने छ । परम्परागत कर्मकाण्डीय शासकबाट मुक्त गर्नेछन् । आजन्म र वंशजीय राजनीतिक वेथितिलाई अन्त्य गर्ने छन् ।
दाङ जिल्लामा स्वतन्त्रलाई रुचाउने जमात कस्तो पाउनुभयो ?
–जनतालाई अभाव र वेरोजगारीमा राखेर आफ्नो राजनैतिक स्वार्थ प्राप्तिका लागि निरन्तर धोका दिइरहेका पुराना ठूला दल भनिने पार्टीको अस्लियत सबैले बुझी सकेका छन् । त्यसकारणले पनि हामीप्रति जनताको ठूलो आकर्षण छ । स्वःस्फूर्त रुपमा पार्टीमा जोडिन आफै आइरहनु भएको छ । हामी उहाँहरुको भावना बुझ्न र आफ्ना कुरा राख्न प्रत्येक गाउँगाउँ, शहरमा दिनरात नभनि खटिरहेका छौं । परिवर्तनका पक्षमा जनता छन् भन्ने कुरा यो निर्वाचनले प्रमाणित गर्ने छ ।
स्वतन्त्र पार्टी र स्वतन्त्र बिचारबीचको भिन्नता के हो ? जनताले सिकाए कतै ? कि आफैं बुझ्नु भाकोछ, गाँठो त फुकाउनु पर्यो नि !
–कसैको प्रभाव वा दबाबबिना आफ्नो कार्य गर्न वा निर्णय लिन पाउनु नै स्वतन्त्र विचार हो । हामी कसैको विचारमा दासत्व लाइन चाहदैनौं । हामी स्वशाशनमा विश्वस गर्दछौं ।
हाम्रो पार्टीले स्वतन्त्र विचारहरुलाई सम्मान जनक प्रतिनिधित्व गर्दछ । त्यसको प्रमाण पार्टीको आन्तरिक प्राथमिक निर्वाचन प्रणाली हो । जसलाई जुन ठाउँमा उम्मेदवार हुने मन छ । त्यसका लागि जनताको मत सर्वेक्षण डिजिटल भोटिङबाट जे परिणाम आउछ त्यही अनुसार हुन्छ । यहाँ नेतृत्वकृपा होइन् जनताको मत प्राप्त गर्नुपर्छ । त्यसकारणले पार्टीको नाम स्वतन्त्र राखिएकोछ । अहिले राजनैतिक दलले व्यवस्थामा परिवर्तन गरेपनि जनताको अवस्था अझै दयनीय छ । व्यवस्था जति पटक फेर्दै गर्दापनि विचार फेरिएनन् । चिन्तन फेरिएन, प्रवृत्ति फेरिएन, दासत्व किताबमा अन्त्य भयो व्यवहारमा भएन् । हामी स्वतन्त्रता दिन चाहन्छौं । साथै हरेक नेपालीलाई राष्ट्र निर्माणको भूमिकामा जोड्न चाहन्छौं ।
पार्टीको नामको पछि पुच्छर थप्दैमा स्वतन्त्र हुन्छ र ? त्यो नामले वास्तविक स्वतन्त्रको पहिचान खोसिएको जस्तो लाग्दैन ?
–नामले उद्देश्यलाई प्रतिविम्बित गर्नु पर्दछ भनेर हाम्रो पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टी नामाकरण गरेको हो । संसारमा धेरै स्वतन्त्र पार्टी छन् जुन आ–आफ्नो देशको नियम, कानुनको अधिनमा रहेर जनताहरुलाई निर्भयका साथ निर्णय लिन पाउने अधिकार दिएका छन् । नेतृत्वको सिन्डीकेटको दुश्परिणामले तपाई हामी वाक्क, दिक्क परेका छौं । जसलेगर्दा बारम्बार असफल व्यक्ति नेतृत्वमा गइरहेको छ । यसले न पार्टी न त देशलाई भलो गर्दछ । हामी पुराना पार्टीको त्यो प्रणाली दोहर्याएर गल्ती गर्न चाहदैनौ । हामी साचो अर्थमा जनताले जनतालाई शासन गर्ने स्वशासन स्थापित गर्न चाहन्छौं । यसकारण कसैको पहिचान खोसिदैन् । पहिचान आफ्नै योग्यता क्षमतादवारा स्थापित गर्ने कुरा हो ।
आगामी निर्वाचनको तयारी कस्तो गर्दै हुनुहुन्छ ? देशभर कति मत आउला अनुमान गर्नुभएको छ ?
–हाम्रो देशमा आज कठिन परिस्थितिबाट गुज्रिरहेको छ। जनतालाई आश्वासन सुन्दा वाक्क भइसकेका छन् । कामभन्दा कुरा गर्ने, निर्वाचित भएपछि फर्केर नहेर्ने नेताको प्रवृत्तिले जनता कसैका कुरा सुन्न चाहदैनन् । नेतालाई हेर्ने दृष्टिकोण बदलिएको छ । यस्तो अवस्थामा जनताको मन जित्नु कठिन र चुनौतीपूर्ण काम हो । यसका लागि हामी जनताका घरघरमा जान्छौं । आफ्ना कुरा राख्छौं । साच्चै भन्ने हो भने जनताले अब ढिलो गर्ने बेला छैन् । फेरी सही निर्णय लिन सिकएन भने देशको समृद्धि कल्पनामा मात्र सीमित हुन्छ । हामी सीमित साधन र स्रोत प्रयोग गरेर जनतासँग भलाकुसारी गछौं । वर्तमान राजनैतिक विसंगतिविरुद्ध संगठित हुन आह्वान गछौं हामीलाई लाग्छ जनताले अब आमूल परिवर्तन चाहेका छन् । तसर्थ हामीले अधिकतम सिटमा विजयी हासिल गर्दछौं । दाङको सन्दर्भमा निर्वाचन परिणाम हाम्रै पक्षमा आउछ । हामी धेरै ठाउँमा तथ्यांक संकलन गर्दैछौं । त्यो तथ्यांक सार्वजनिक गर्नेछौं ।
राष्ट्रिय स्वतन्त्र पार्टीको भिजन भएन् भन्छन् त के हो ?
–हामी दुरगामी दृष्टिकोण राखेर राजनीतिमा आएका छौं । काम कहिल्यै नगर्ने तर ठेलीका ठेली जनतामा झुठ्ठा आश्वासनको पोका बाड्ने पक्षमा छैनौं, भनेर र लेखेर हुने भए हाम्रो सानो देश आज संसारकै सबभन्दा विकट देश र नेपाली सुखी हुन्थे । त्यो किन भएन ? आदर्श र वादका थुप्रो लाडेर हुने केही होइन् । राष्ट्रिय स्वतन्त्र पार्टी कर्ममा विश्वास राख्दछ । समसामयिक परिवेश अनुसार शासन संचालन गर्न पर्दछ । त्यसैले हामी यो वैज्ञानिक युगमा डिजिटल डेमोक्रेसी मा विश्वास गर्दछौं । प्राविधिको अधिकतम प्रयोगबाट देशलाई सम्मुनत बनाउने अभियानमा छौं ।
हाम्रो देशको संविधान २०७२ मा धेरैका आ–आफ्ना रिजर्वेशनहरु होलान् । हाम्रो पनि छ । प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री र प्रदेश संरचना अत्यन्त सानो र कम बोझिलो हुनु पर्दछ । देशको ठूलो धनराशी खर्च गरेर कार्यकर्ता पाल्ने प्रदेश संरचना तत्काल पूनर्विचार नगरे हाम्रो देशल धान्न सक्दैन भन्ने छ । तथापी तत्काल परिवर्तन गर्न असम्भव छैन्, किनकि परिवर्तन गर्न संसदमा दुई तिहाई पुग्नु पर्दछ । त्यसकारण पनि राष्ट्रवादी शक्ति एक जुट हुन जरुरी छ । हामी संविधानमा समाजवादी प्रक्रियाको थालनीका लागि व्यवस्था गरी संवैधानिक समाजवाद लागू गर्ने उद्देश्य लिएका छौं । हामी सबै श्रमजीवि वर्गलाई सीप अनुसार काम पाउने व्यवस्था गर्न चाहन्छौं ।
तपाईहरुलाई एउटा आरोप लाग्दै आएको छ, तपाईहरुभित्र राजालाई स्विकार्नुहुन्छ, बाहिर गणतन्त्रको मजा लिरहनु भएकोछ । कुरा किलियर गरौ न ।
–समय परिवर्तनशिल छ । हिजो, आजा र भोलीको आवश्यकतामा हुवहु समान हुन सक्दैन् । राजाले नेपालको इतिहासमा २३० वर्ष शासन गरे । पंचायत र प्रजातन्त्र कालसम्मै शाही शाुसन रह्यो । त्यही व्यवस्थाको विरुद्ध नेपाली जनता जागे । धेरैले साहदत प्राप्त गरे । व्यवस्था परिवर्तन हुँदै आज संघीय गणतान्त्रिक संविधान जारी भएको ७ पुरा भएको छ । जुनसुकै संविधानमा लेखिन सक्छ, वाक्यमा जनताकै हित भन्ने हुन्छ, तर त्यो संविधानको निर्वाचन पद्धतीबाट शासन सत्तामा पग्ने मानिस कस्तो पुग्यो । के ग¥यो ? देशको सामाजिक, राजनैतिक, आर्थिकस्तर उठउन कति काम ग¥यो, भन्ने कुराले संविधानलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुन्छ । अहिले देखिएको राजतन्त्रको आवाज दलिय वितृष्णाको परिवर्तन हो, भन्ने लाग्दछ । यस्तै शासकको रवैया रहिरहे जनताको छोराछोरी, राष्ट्र प्रमुख हुने व्यवस्था नहुन पनि सक्छ । राजनीतिमा असंभव केही नहुने रैछ । तर, हामी समाज र परिवर्तन अग्रगामी हुनु पर्दछ । त्यसका लागि समयमै हामीले वुद्धि पु¥याउनु पर्दछ । हामी स्पष्ट छौं ।
यदाकदा तपाईंहरु जितिहाल्नु भयो भने, काम गर्नका लागि पार्टीको निर्देशन पर्खिनुहुन्छ कि स्वतन्त्र बिचार प्रयोग गर्नुहुन्छ ?
–स्वतन्त्र भनेको स्वच्छन्डता पनि होइन् । तर, देश र समाजको सर्वाेपरी हितका लागि नेतृत्वले लिने निर्णय सबैको स्वीकृत निर्णयहरु हामी अग्रजहरुलाई सम्मान गर्दै कार्यकर्ताका भावनालाई प्राथमिकताका साथ ग्रहण गर्नेछौं । त्यसैलाई स्वतन्त्र विचारको प्रयोग र सम्मान भनिन्छ ।
पार्टी, समुदाय, परिवार आकारको दृष्टिकोणबाट मात्र ठूलो सानो होल तर संचालनको तरिका त वुद्धि हो नि । छलफलको विषयबाट निकालिएको निष्कर्ष परिणाममा उच्च रहन्छ । हामी स्वतन्त्र विचारहरुलाई एकीकृत र संमायोजन गर्दै अनुशासित भएर राष्ट्र हितका पक्षमा लागु गर्ने छौं ।
यसपाली तपाईको उम्मेदवारी रहेन नि ? हिम्मत भएन कि जितिन्न भन्ने थाहा छ ?
–राजनीति गर्नेहरु आफ्ना राजनीतिक मुद्धा स्थापना गर्ने सवालमा बढी केन्द्रीत हुनु पर्दछ । जितहार ामान्य कुरा हो । निर्वाचनमा होमिएका गणितीय हिबासले बैले विजयी हुने पनि त होइन् । मेरो सवालमा मैले सम्मान गर्नुपर्ने साथिहरु हुनुहुन्छ । उमेरका हिसावले, राजनीतिक अनुभवको हिसाबले मैले अग्रजलाई सम्मान पूर्वक बाटो प्रसस्त गरेको छु ।
अनन्त यो पार्टीलाई लैजाने तपाईहरुको योजना अनि पार्टीको सुदुर भबिस्य कस्तो देख्नु भएको छ ?
–भ्रष्टाचारको अन्त्य र छानविन
– शुसाशन
– उपयुक्त ब्यक्ति उपयुक्त स्थान
– विदेशबाट मतदान (नेपाली नागरिकका लागि)
– सीमा सुरक्षा
– नियतीमुखी अर्थतन्त्र
– मल उत्पादन
– विउ उत्पादन
– रोजगारीको सिर्जना
– शिक्षा र स्वस्थ्य निःशुल्क
– एक प्रदेश एक आविष्कार केन्द्र स्थापना
– भौतिक पूर्वाधार विकास
– पर्यटन विकास
– औद्योगीकरणको विकास
– परिवर्तनशील नेतृत्व ( २ कार्यकालमात्र)
– ५० प्रतिशत प्लस १ युवा सहभागिता
हाम्रो पार्टी जनताको आवाज मुखारि गर्ने पार्टी, युगानुकूल भएको हुँदा यसको यसको भविष्य उज्ज्वल छ । त्यसका लागि हाम्रो आचरण पनि त्यत्तिकै उदाहरणीय हुन जरुरी छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीलाई जनताले किन बिश्वास गर्ने ?
–यो पार्टी जनताको भावनाको प्रतिनिधित्व गर्ने पार्टी हो । पुराना दलहरुले देश र जनताको जनजीविकाका सवालमा पूर्णतः मौन रहेको समयमा अन्यायपूर्ण स्थितिमा दुःखमा साथ दिन आएका छौं । यस अर्थमा पनि जनताले विश्वास गर्दछन् । नेपाली जनतालाई मौजुदा अवस्थालाई बदल्न हिम्मत गरेर आएका छौं भन्ने पनि चाहन्छौं । विश्वास गरिदिन अनुरोध गर्दछौं । एक पटक स्वतन्त्र पार्टीको सरकार बनाएर हेरौं, गर्नेलाई २० औं वर्ष चाहिन्न, ५ वर्षमा गुणात्मक परिवर्तन ल्याउछौं ।
अन्त्यमा केही भन्न चाहनुहुन्छ ?
–आम नेपाली दाजुभाई, दिदीबहिनीहरुलाई के भन्न चाहन्छु भने जागौँ अब ढिलो भै सक्यो । अब नउठ्ने हो भने देश बरवाद हुन्छ । यथास्थिति सोच र चिन्तनको दासताबाट मुक्त हुन आगामी निर्वाचनमा स्वतन्त्रपूर्वक घण्टी चिन्हमा मतदान गरौं । घण्टी बाहक सबै उम्मेदवारलाई विजयी बनाऔं । अन्तमा मलाई तपाई र तपाईको डिजिटल अनलाइन पत्रिकाका सम्पूर्ण परिवारलाई राष्ट्रि स्वतन्त्र पार्टी बारेमा कुरा राख्ने अवसर प्रदान गर्नुभएकोमा हार्दिक धन्यवाद दिन चाहन्छु ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।