• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सामुदायिक वन संरक्षणमा संवेदनशील भएर लाग्नुस् : अध्यक्ष भुषाल




ओमप्रकाश गुप्ता
सिसहनियाँ ७ असोज । सामुदायिक वन महासंघ राप्ती गाउँपालिकाका अध्यक्ष हरिप्रसाद भुषालले सामुदायिक वनको संरक्षणमा सवै उपभोक्ताहरू संवेदनशील भएर लाग्न आग्रह गरेका छन् ।

शंकर सामुदायिक वन उपभोक्ता समूह राप्ती गाउँपालिका ८ पिपरीको शुक्रबार पिपरीमा भएको २४ औँ वार्षिक साधारणसभामा बोल्दै सो कुरा बताएका हुन् । प्रमुख अतिथि समेत रहेका अध्यक्ष भुषालले वन विनास उपभोक्ताबाटै हुने भएकाले वनको संरक्षण गर्ने दायित्व पनि उपभोक्ताक‌ै भएको बताएका छन् ।No description available.

त्यस्तै उनले उपभोक्ताहरूलाई वनको महत्त्व बारे बुझाउन आवश्यक रहेको समेत बताएका छन् । समुहका अध्यक्ष तुलाध्वज मल्लको अध्यक्षता एवम् सामुदायिक वन महासंघ राप्तीका अध्यक्ष हरिप्रसाद भुषालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वार्षिक प्रतिवेदन सचिव सीता कुमारी चौधरी र आर्थिक प्रतिवेदन कोषाध्यक्ष इमानसिंह कार्कीले प्रस्तुत गरेका थिए ।

 

समुहका सदस्य पुरनप्रसाद चौधरीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रममा राप्ती सव डिभिजन कार्यालयका फरेस्टरदामोदर डाँगी, राप्ती गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष चन्द्रबहादुर गुरूङ,कुलोपानी जल उपभोक्ता समितिका अध्यक्ष गणेशकुमार चौधरी,शंकर मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद चौधरी, लेखा समिति सदस्य कर्कट चौधरी लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन कोषाध्यक्ष इमानसिंह कार्कीले गरेका थिए ।

Facebook Comments