• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पर्व लक्षित बजार अनुगमनमा ध्यान दिन नागरिक समाजकाे ध्यानाकर्षण




घाराही, ७ असाेज । नागरिक समाज दाङले नजिकिएकाे चाड पर्वलाई लक्षित गरि बजार अनुगमन तीव्र बनाउन र बस्तुकाे गुणस्तरीयता कायम गराउन अपिल गरेको छ । समाजका संयाेजक केबी मसालकाे अध्यक्षतामा शुक्रबार घाेराहीमा बसेकाे नियमित बैठकले जिल्लाका दस वटै पालिकाले अाफ्नाे क्षेत्राधिकारभित्र स्थलगत अनुगमन, निरक्षण गरी बजार व्यवस्थित गराउँदै उपभोक्ताकाे हकहितमा ध्यान दिन गुणस्तरीय बस्तु सर्वसुलभ रुपमा उपलब्ध गराउन अनुराेध गरेकाे छ ।

यस्तै, जिल्लाकाे घाेराही, तुलसीपुर, लमही, भालुवाङ, गढवा, सिसहनियाँ, हापुरेलगायतका शहर बजारमा सार्वजनिक सवारी, माेटर, अटाेरिक्साले चर्काे भाडा असुलिरहेकाे सेवाग्राहीबाट गुनासाे अाईरहेकाले स्थानीय सरकार संचालन ऐन २०७४ अनुसार दस वटै पालिकाले स्थलगत अनुगमन गरि उपयुक्त भाडा दर कायम गरिदिन अनुराेध गरेकाे छ ।

समाजले जिल्लाकाे एक मात्र विमान स्थल टरीगाउँ एअरपोर्टकाे स्तर वृद्धिका लागि रन वेकाे दक्षिण तर्फ रहेकाे ५ सय मिटर धावन मार्ग बिस्तार गर्दा ७२ सिट क्षमताकाे एटीअार विमान अवतरण गर्न सक्ने भएकाले उक्त विमानस्थलकाे धावन मार्ग बिस्तार गरि नियमित हवाई सेवा प्रदान गर्ने वातावरण बनाउन पर्यटन, नागरिक तथा उड्डयन मन्त्रालयलाई अनुराेध गरेकाे छ ।

यस्तै, नेपालीहरुकाे महान चाड दशैँ, तिहार छठ पर्वकाे अवसरमा सम्पूर्णमा सुख शान्ति समृद्धि र सुस्वास्थ्य एवम् दिर्घायुकाे शुभकामना व्यक्त गरेको छ ।

 

बैठकमा समाजका संस्थापक संयाेजक नारायणप्रसाद शर्मा, उपसंयाेजक निमबहादुर थापा, निवर्तमान संयाेजक चन्द्रराज पन्त, सदस्यहरु सुशील गाैतम, हरिप्रसाद पाण्डेय, माधवप्रसाद शर्मा, पद्मप्रसाद शर्मा, नारायणप्रसाद भण्डारी, भरतमणि पाण्डेलगायतले धारणा राख्नुभएको थियाे । बैठककाे सहजीकरण समाजका सचिव नारायणप्रसाद श्रेष्ठले गर्नुभएको थियाे ।

Facebook Comments