• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
विभिन्न कार्यक्रम गर्दै रेडियो सुनछहरीको ११औं बार्षिक उत्सव सकियो




प्रेम क्षेत्री
होलेरी, ६ असोज । रोल्पाको होलेरीमा रहेको सामुदायिक रेडियो सुनछहरी एफएम १०१।५ मेगाहार्जले विभिन्न कार्यक्रम गर्दै आफ्नो ११ औं वार्षिक उत्सव सम्पन्न गरेको छ । रेडियोले आज बिहीबार होलेरीमा एक कार्यक्रमकाबीच उक्त उत्सव सम्पन्न गरेको हो ।No description available.

रेडियोका अध्यक्ष गोपाल श्रेष्ठको अध्यक्षता एवं तुलसीपुर उपमहानगरपालिका मेयर टिकाराम खड्काको प्रमुख अतिथि तथा रुन्टीगढी गाउँपालिकाका अध्यक्ष जनक पुन आतिथ्यतामा भएको कार्यक्रममा राजनीतिक दलहरुका प्रतिनिधि गोबिन्द पुन (नजर ), गोपाल डाँगी लागायतको उपस्थिति रहेको थियो ।No description available.

कार्यक्रमको पहिलो चरणमा जनताको सरोकार बिषयक, दाङ रोल्पा विकास साझेदारी बहस कार्यक्रमको संचालन राखिएको थियो भने उक्त कार्यक्रमको मुख्य बिषय घोराही होलेरी सहिदमार्ग र होलेरी ग्वारखोलाहुँदै दाङ जोड्ने सडकको बारेमा बहस चलेको थियो ।

उक्त बहसमा घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी, तुलसीपुर उपमहानगरपालिका मेयर टिकाराम खड्का र रोल्पा रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुनबीच बहस चल्ने भनिएतापनि नरुलाल चौधरीको भने उपस्तिथि हुन सकेन् ।

सहजकर्ताको भुमिकामा सन्तोष शर्माले चलाएको उक्त कार्यक्रममा मेयर टिकाराम खड्काले विकासमा रुन्टीगढी र तुलसीपुरको सधैं मित्रवत सहकार्य हुने प्रतिबद्धता जनाउनु भएको थियो । उहाँले अब सार्बजनिक मार्ग र औद्योगिक मार्ग छुट्याइनुपर्ने र उद्योगले सार्बजनिक बाटो प्रयोग गर्दा बाटोको अबस्था बिग्रेको र जनताको गुनासो आउनु स्वभाबिक रहेको जानकारी दिनुभयो ।

छिट्टै यसको समाधानको लागि पहल गर्ने र बैकल्पिक औद्योगिक बाटो बनाई समस्याको समाधान खोज्नुपर्ने मेयर खड्काको भनाइ छ ।

त्यस्तै रुन्टीगढी गाउँपालिकाका अध्यक्ष जनक पुनले बिकास रातारात हुने र क्षणभरमै जादु गरेजस्तो नहुने कुरा बताउनु भएको छ । उहाँले क्रमिक रूपमा पहल र छलफलबाट अगाडि बढ्ने कुरामा जोड दिनुभयो ।

त्यसैगरी नेकपा (माओवादी केन्द्र)का लुम्बिनी प्रदेश कमिटी सदस्य गोबिन्द पुन (नजर)ले उक्त कार्यक्रमलाई शुभकामना दिदै आज कसले जित्यो र कसले हार्यो होइन्, अब समग्रमा बिकासले जित्नुपर्ने बताउनुभयो । उहाँले यो ठाउँ ऐतिहासिक महत्त्व बोकेको र आजको परिवर्तनको संबाहक रहेको जिकिर थियो ।No description available.

उक्त वार्षिक उत्सवमा साँस्कृतिक मनोरञ्जन सहितको कार्यक्रममा लोक गाएक भागिरथ चलाउने, गाईका सुमित्रा कोईराला, एम।टि महर, सुदन थापा, भाईरल चाउमिनवाला ९ काले दाइ ० लगायतको विशेष प्रस्तुति रहेको थियो ।

Facebook Comments