• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुकुमपूर्व दुर्घटना: मृतक र घाइतेको सनाखत




निराजन सिर्पाली/रुकुमपूर्व

रुकुमपूर्वमा भएको बस दुर्घटनामा परि मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

काठमाडौंबाट रुकुमकोटका लागि छुटेको ग १ ख ९१०९ नम्बरको बस विहिबार दिउँसो जिल्लाको भूमे गाउँपालिका ३ क्याङसी बगरमा दुर्घटनामा परेको थियो ।

उक्त दुर्घटनामा परि मृत्यु हुनेको संख्या ५ पुगेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले जानकारी दिनुभयो ।

उहाँका अनुसार ३ जनाको घटनास्थलमै र २ जनाको जिल्ला अस्पताल रुकुमकोटमा मृत्यु भएको हो ।

दुर्घटनामा परि मृत्यु हुनेहरुमा रुकुम पूर्व सिस्ने गाउँपालिका ६ की ४० वर्षकी लक्ष्मी खड्का र उनका तीन वर्षका छोरा सिजन खड्का, रुकुम पूर्वभूमे गाउँपालिका ५ का २३ वर्षका बुद्धिमान बुढा, पुथा उत्तरगङ्गा गाउँपालिका ८ का ३५ वर्षका पूर्णबहादुर बुढा र बस चालक रामेछापका लीलाभक्त श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ ।

दुर्घटनामा १२ जना घाइते भएका थिए । गम्भीर चार घाइतेलाई नेपाली सेनाको हेलिकोप्टरबाट नेपालगञ्ज लगिएको छ । सिस्ने ६ का ३२ वर्षका लालबहादुर खड्का, वर्ष ९ का साइमान खड्का, १९ वर्षकी निरुता थापा र रुकुम पश्चिम आठविसकोट नगरपालिका वर्ष ३५ का डम्बर नेपालीलाई हेलिकोप्टरबाट नेपालगञ्ज लगिएको छ ।

त्यस्तै घाइते हुनेहरुमा बाग्लुङ बुर्तीबाङ नगरपालिका १ का १८ वर्षका सुनिल पौडेल, रुकुमपूर्व भूमे गाउँपालिका ५ की १९ वर्षिय सुवर्णा बुढा, २५ वर्षका खमेन्द्र पुन, भूमे गाउँपालिका ८ का ६१ वर्षका मोहन बुढा, सोहि गाउँपालिका ३ का ३२ वर्षका शक्ति पुन रहेका छन ।

त्यसैगरी रुकुम पूर्व पुथाउत्तरगंगा गाउँपालिका ११ का २० वर्षका भरत बुढा मगर र गुल्मी मुसिकोट नगरपालिका ८ का वर्ष २२ का किसान क्षत्री रहेका छन । घाइते सबै रुकुमपूर्व अस्पताल रुकुमकोटमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार बस सडकबाट करिब एक सय मिटर तल रुकुम गाड खोलामा खसेको छ । बसको पछाडिको चक्का खाल्डोमा पर्दा अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । यद्यपी दुर्घटनाको एकिन कारण भन्ने खुलेको छैन ।

Facebook Comments