• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुकुमपूर्व दुर्घटनाः मृतकको संख्या पाँच पुग्यो




रुकुम पूर्वमा भएको बस दुर्घटनामा परि मृत्यु हुनेको संख्या ५ पुगेको छ । आज काठमाडौंबाट रुकुमकोट तर्फ आइरहेको ग १ ख ९१०९ नम्बरको बस जिल्लाको भूमे गाउँपालिका वडा नम्बर ३ को क्याङसीबगरमा दुर्घटना भएको हो । उक्त दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले जानकारी दिनुभयो । उहाँका अनुसार ३ जनाको घटनास्थलमै र २ जनाको जिल्ला अस्पताल रुकुमकोटमा मृत्यु भएको हो ।

 

मृतक कसैको पनि पहिचान खुलेको छैन् । दुर्घटनामा परि १२ जना घाइते भएका छन् । उनीहरु मध्ये ४ जनाको अवस्था गम्भिर रहेको डिएसपी डाँगीले बताउनुभयो । उनीहरुको जिल्ला अस्पताल रुकुमकोटमा उपचार भइरहेको छ । गम्भिर घाइतेलाई थप उपचारका लागि जिल्ला बाहिर पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । घटनाको थप विवरण संकलनको काम भइरहेको बताइएको छ ।

 

बस सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । बसको पछाडिको चक्का खाल्डोमा परेको देखिएको र अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने अनुमान गरिएपनि दुर्घटनाको कारण नखुलेको प्रहरीले जानकारी दिएको छ ।

Facebook Comments