• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेपालको अर्थतन्त्र विस्तार सकारात्मक दिशामाः एडीबी




एशियाली विकास बैंकले नेपालको अर्थतन्त्रको विकास सकारात्मकरुपमा भइरहेको जनाएको छ ।

चालु आवमा श्रीलंकाको अर्थतन्त्रको विस्तार नकारात्मक रहने अनुमान एडीबीको छ । एडीबीले बुधबार एसियन डेभलपमेन्ट आउटलुक २०२२ सार्वजनिक गर्दै यस्तो प्रक्षेपण गरेको हो ।

सो प्रतिवेदनअनुसार दक्षिण एशियामा श्रीलंकाबाहेक अन्य मुलुकको अर्थतन्त्रको विस्तार सकारात्मक रहने छ ।

श्रीलंकाको जीडीपीमा माइनस ३.३ प्रतिशतको वृद्धिदर रहने छ । जबकि नेपालको ४.७ प्रतिशत बिस्तार हुने एडीबीको अनुमान रहेको छ ।

त्यस्तै पाकिस्तानको ३.५ प्रतिशत सकारात्मक विस्तार देखिने छ । भुटानको ४ प्रतिशत र बंगलादेशको ६.६ प्रतिशत, भारतको ७.२ प्रतिशत र माल्दिभ्सको सबैभन्दा धेरै १०.४ प्रतिशत विस्तारको प्रक्षेपण गरिएको छ । अफगानिस्तानको भने तथ्यांक छैन ।

एडीबीले चालु आर्थिक बर्षमा नेपालको अर्थतन्त्र सकारात्म भए पनि आयातमा लगाइएको रोकमा कारण स्न २०२३ मा भने अर्थतन्त्रको विस्तारमा नकारात्मक असर पुग्ने एडीबीका कन्ट्री निर्देशक अर्नाउड काउकोइसले बताएका छन् ।

यस वर्ष नेपाल सरकारले ८ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखेको छ ।


जलविद्युतको बढ्दो उत्पादन र उद्योगको क्षमता उपयोगमा वृद्धि हुने अनुमान गरिएको छ । व्याजदरमा भएको वृद्धिले रियल इस्टेट, थोक तथा खुद्रा व्यापार भने प्रभावित हुने अनुमान छ ।

 

आगामी निर्वाचनले भने खर्च बढाउने र जीडीपीको वृद्धिमा समेत सकारात्मक प्रभाव पर्ने एडीबीले जनाएको छ । चालु आवको बजेट कृषि, उद्योग, पूर्वाधार र सामाजिक सुरक्षाका क्षेत्रमा केन्द्रित रहेको भन्दै एडीबीले मुद्रा स्फीति भने केही संकुचन हुने प्रक्षेपण गरेको छ ।

Facebook Comments