• ६ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बुद्धिजीवी संगठन दाङको बैठक, असोज १२ गते शुभकामना आदानप्रदान




नेपाल बुद्धिजीवि संगठन दाङको बैठक घोराहीमा सम्पन्न भएको छ ।

बैठकमा प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका जिल्ला समन्वय समितिका सचिव विश्वराज आचार्यले समसामयिक राजनीतिक विषयमा आफ्नो धारणा राख्नुभएको थियो ।

बैठकमा प्रदेश सल्लाहकार समितिका संयोजक नरबहादुर अधिकारी, भुमि आयोगका जिल्ला अध्यक्ष लेखराज शर्मा, बुद्धिजीवि भुमबहादुर शाह, रामचन्द्र अधिकारी, निर्मल गौतमलगायतले धारणा राख्नुभएको थियो ।

बैठकले असोज १२ गते घोराही नगरस्तरीय भेला तथा विजया दशमी, दिपावली तथा छठ पर्वको शुभकामना आदान प्रदान गर्ने र संगठनलाई पालिका स्तरसम्म पुयाउने निर्णय गरेको छ । जिल्ला अध्यक्ष माधव न्यौपानेको अध्यक्षतामा भएको बैठकको सहजीकरण सचिव डा. भीमसेन गिरीले गर्नुभएको थियो ।

Facebook Comments