• ६ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङमा लागु औषधसहित चार जना पक्राउ




दाङमा लागु औषधसहित छुट्टाछुट्टै स्थानबाट चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो ।

No description available.
प्रहरीले गढवा १ कालाकाटेस्थित पूर्वपश्चिम राजमार्गमा लागु औषध कारोबार गरिरहेको बेला कपिलवस्तु नगरपालिका १० जगदीशपुरका २५ बर्षे हिरासिंह क्षेत्री र बाणगंगा नगरपालिका ११ निवासी १८ बर्षे मोहबद खाँनलाई मोटरसाइकलसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर ओलीले जानकारी दिनुभयो ।

उहाँले लागु औषध ओसारपसारमा प्रयोग गरेका लु ६८प १६६६ र लु ५५ प ६८३७ नम्बरका मोटरसाइकल पनि बरामद गरेको प्रहरीले जनाएको छ ।


त्यस्तै प्रहरीले लमही ९ अमिलियाबाट घोराही १३ की ४० बर्षीया सुशीला गिरी र रोल्पा नगरापलिका ६ कोटगाउँ घर भइ हाल घोराही १३ सेवार बस्ने ३८ बर्षकी खुशी पुन मगर भनिने एकता पुन मगरलाई चरेशसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

चारै जनालाई जिल्ला अदालतबाट म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments