• ४ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
महरा समानुपातिकमा गएपछि दाङ २ मा रेखा शर्माको ‘इन्ट्री’




२०४८ देखि लगातार चारपटक चुनाव जितेर अपराजित नेताको पहिचान बनाएका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महराले यसपटक समानुपातिक रोजेपछि उहाँले जितेको दाङ निर्वाचन क्षेत्र नम्बर २ मा को उम्मेदवार बन्ने भन्ने चर्चा चुलिएको छ ।

माओवादी केन्द्र दाङ २ ले महरा, स्थायी समिति सदस्य रेखा शर्मा र केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज निर्मल आचार्यको नाम सिफारिस गरेको थियो । अब महराले ठाउँ खाली गरेपछि प्राथमिकताका आधारमा रेखा शर्माको नाम स्वतः बलियो दाबेदारका रुपमा अगाडि आएको छ ।

नेता शर्माले पार्टीले निर्णय गरेमा आफ्नो निर्वाचन लड्ने आकांक्षा रहेको बताउनुभएको छ भने सिफारिसमा पर्नुभएका केन्द्रीय सदस्य आचार्यले अबको उम्मेदवार रेखा शर्मा नै भएको बताउनुभएको छ ।

इञ्चार्ज आचार्यले ‘पार्टीले मेरो पनि नाम राखेर सिफारिस गरे पनि उम्मेदवार बन्ने रेखा नै भएको यो र यो सिंगो पार्टीको निर्णय भएको बताउनुभयो । त्यसो त शर्माले पनि टिकट पाए चुनाव लड्न तयार भएको बताउनुभयो ।

‘अहिलेसम्म सत्ता गठबन्धनमा भागबण्डा मिलिसकेको औपचारिक जानकारी छैन । यदि माओवादीको भागमा पर्यो भने र पार्टीले मेरो पक्षमा निर्णय गर्यो भने म त्यसको लागि तयार छु’– शर्माले भन्नुभयो । संघीय मन्त्री र संसदीय समिति सभापति बनिसक्नुभएका शर्मा नेपालकै स्थापित महिला नेतामा पर्नुहुन्छ ।

दाङमा गठबन्धनलाई भागबण्डा गर्न सहज
उता दाङ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसको तर्फ सशक्त दाबेदार केन्द्रीय सदस्य योगेन्द्र चौधरी समानुपातिकमा गएपछि सो क्षेत्रमा दाबी गर्दै आएका नेकपा एकीकृत समाजवादीका नेता मेटमणि चौधरीलाई सहज भएको छ । योसँगै दाङमा क्षेत्र नम्बर १ मा समाजवादी, क्षेत्र नम्बर २ मा माओवादी र क्षेत्र नम्बर ३ मा कांग्रेसले पाउने निश्चितप्रायः देखिएको छ ।

Facebook Comments