• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङमा मतदाताको संख्या ४ लाख १४ हजार ९ सय ५६ पुग्यो




दाङमा प्रदेशसभा निर्वाचन क्षेत्रअन्तर्गत जिल्लाका ६ वटा निर्वाचन क्षेत्रहरुमध्ये सबैभन्दा धेरै मतदाता ३ (ख) मा रहेका छन् । जिल्लाभर रहेका ४ लाख १४ हजार ९ सय ५६ मतदाताहरुमध्ये ३ (ख) ७९ हजार बढी मतदाता रहेका छन् ।

प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार उक्त निर्वाचन ७९ हजार ९ सय ८९ मतदाता रहेका छन् । जसमध्ये ३९ हजार ५ सय ९ पुरुष र ४० हजार ४ सय ८१ महिला मतदाता रहेका छन् । जिल्लाका सबैभन्दा धेरै मतदाता रहेको उक्त क्षेत्र पश्चिम दाङका बबई गाउँपालिका, दंगीशरण गाउँपालिका, शान्तिनगर गाउँपालिकासँगै तुलसीपुर उपमहानगरपालिका वडा नं। १, २, १० र ११ नम्वर पर्ने गरेका छन् । यस निर्वाचन क्षेत्रमा ३३ वटा मतदानस्थल र ९३ वटा मतदान केन्द्रको व्यवस्था गरिएको छ ।

त्यसैगरी दोस्रो धेरै मतदाता रहेको निर्वाचन क्षेत्र नं. २ (ख) रहेका छ । यो निर्वाचन क्षेत्रमा ७० हजार ४ सय २६ मतदाताहरु रहेका छन् । जसमा पुरुष ३४ हजार ४१ र महिला ३६ हजार ३ सय ८५ रहेका छन् । यस निर्वाचन क्षेत्रमा २३ मतदान स्थाल र ७८ मतदान केन्द्रहरु रहेका छन् । यसक्षेत्रमा घोराही उपमहानगरपालिका वडा नं। ६, ७, ८, ९, १०, ११, १२ र १६ नं। तथा तुलसीपुर उपमहानगरपालिका वडा नं। १६, १७, १८ र १९ नम्वर वडाहरु रहेका छन् ।

जनसंख्याका हिसावले तेस्रो धेरै मतदाता रहेको निर्वाचन क्षेत्र नं. १ (क) होे । यो क्षेत्रमा ७० हजार २ सय ६७ मतदाता रहेका छन् । जसमा ३५ हजार ३ सय ७९ पुरुष तथा ३४ हजार ८ सय ८७ महिला मतदाताहरु रहेका छन् । यो निर्वाचन क्षेत्र राप्ती गाउँपालिका, गढवा गाउँपालिकासँगै राजपुर गाउँपालिका वडा नं। १, २ र ३ नम्वर पर्ने गरेका गर्दछन् । यस क्षेत्रमा २४ वटा निर्वाचनस्थल र ७८ वटा निर्वाचन केन्द्रहरु रहेका छन् ।

जनसंख्या बढी हुने अन्य निर्वाचन क्षेत्र नं. ३ (क), क्षेत्र नं. १ (ख) र क्षेत्र नं. २(क) चौथो, पाँचौ र छैठौ स्थानमा रहेका छन् । प्रदेश निर्वाचन कार्यालयका अनुसार क्षेत्र नं. ३ (क) मा ६६ हजार ४ सय ८६ मतदाताहरु रहेका छन् । जसमध्ये ३२ हजार १ सय ६६ पुरुष तथा ३४ हजार ३ सय २० महिला मतदाता रहेका छन् । यस क्षेत्रमा २१ मतदान स्थल र ७४ मतदान केन्द्र रहेका छन् । यो क्षेत्र अन्तर्गत तुलसीपुर उपमहानगरपालिका वडा नं. ३, ४, ५, ६, ७, ८, ९, १२, १३, १४ र १५ नम्वर वडाहरु रहेका छन् ।

यसैगरी निर्वाचन क्षेत्र नं. १ (ख) मा ६४ हजार ४ सय ६६ मतदाता रहेका छन् । उनीहरुमध्ये ३२ हजार २ सय ६२ पुरुष र ३२ हजार २ सय ४ जना महिला मतदाता रहेका छन् । यस निर्वाचन क्षेत्रमा २७ मतदान स्थल र ७४ मतदान केन्द्रहरु रहेका छन् । यो प्रदेशसभा निर्वाचन क्षेत्र लमही नगरपालिका, राजपुर गाउँपालिका वडा नं। ४, ५, ६ र ७ नम्वर वडासँगै घोराही उपमहानगरपालिका वडा नं। १, २, ३ र ५ नम्वर पर्ने गर्दछन् ।

प्रदेशसभा निर्वाचन क्षेत्र अन्तर्गत जिल्लामा सबैभन्दा कम मतदाता रहेको निर्वाचन क्षेत्र २ (क) हो । ३० हजार ५ सय ५३ पुरुष र ३२ हजार ७ सय ६९ जना महिला मतदाता गरी यस क्षेत्रमा ६३ हजार ३ सय २२ मतदाताहरु रहेका छन् । यस निर्वाचन क्षेत्रमा २५ मतदानस्थल र ६८ मतदान केन्द्रहरु रहेका छन् । यो निर्वाचन क्षेत्र बंगलाचुली गाउँपालिकासँगै घोराही उपमहानगरपालिका वडा नं। ४, १३, १४, १५, १७, १८ र १९ नम्वर पर्ने गरेका छन् ।

Facebook Comments