• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
ज्ञानसिन्धु माविमा कक्षा १२ उत्तीर्ण गर्नेलाई सम्मान




घोराही, ३ असोज । ज्ञानसिन्धु मावि घोराहीमा कक्षा १२ उत्तीर्ण गर्ने विद्यार्थीहरुलाई सम्मान गरिएको छ ।

विद्यालयले एक कार्यक्रम आयोजना गरी उनीहरुलाई सम्मान गरेको हो । उनीहरुलाई मायाँको चिनो स्वरुप हरेक विद्यार्थीको नाम र तस्विर अंकित कप प्रदान गरिएको थियो भने खादा र अविर लगाएर सम्मान गरिएको थियो ।

विद्यालयका कक्षा ११ १२ संयोजक तिलक अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्राचार्य हुकुम बुढाथोकीले विद्यार्थीलाई उच्च शिक्षाका लागि शुभकामना व्यक्त गर्नुभएको थियो । अहिले ठूलो संख्यामा विद्यार्थीहरु उच्च शिक्षाका नाममा बिदेश गइरहेको उल्लेख गर्दै उहाँले ‘ब्रेन ड्रेन’ देशकै समस्या हुन थालेको बताउनुनुभयो । उच्च शिक्षाका नाममा बैदेशिक रोजगारीमा जाने विद्यार्थीको तुलनामा देशभित्रै अध्ययन गरेर रोजगारी र स्वरोजगारीमा लाग्नेहरुको भविष्य उज्वल रहेको भन्दै देशभित्रै रुचिको बिषयमा अध्ययन गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा राप्ती शिक्षा क्याम्पसका अंग्रेजी विभाग प्रमुख पुष्कर अधिकारी, नेपाली विभाग प्रमुख चन्द्रबहादुर थापा र गणित विभागका सदस्य हेमराज पौडेलले शिक्षातर्फको उच्च शिक्षाका लागि राप्ती शिक्षा उपयुक्त गन्तव्य भएको बताउनुभयो ।
कार्यक्रममा मार्क इन्टरनेशनल कलेजका उपप्राध्यापक एवं ज्ञानसिन्धुका लेखा बिषयका शिक्षक नौलाबहादुर खड्काले ब्यवस्थापनतर्फको उच्च शिक्षाका बारेमा जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा कक्षा ११ र १२ का शिक्षकहरुको तर्फबाट सामाजिक शिक्षक नरेन्द्र केसीले विद्यार्थीहरुलाई बधाई दिंदै ठूलो भन्दा पनि असल मानिस बन्न सुभकामना दिनुभयो । कक्षा १२ मा ए प्लस ल्याउन सफल बलबहादुर बाँठा, शिक्षातर्फ जिल्लामा उत्कृष्ट नतिजा ल्याउन सफल मनिषा खड्कालगायतले अनुभूति मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रम सञ्चालन शिक्षक देव भण्डारीले गर्नुभएको थियो ।

Facebook Comments