नबिन पिएम
सल्यानको बनगाड कुपिन्डे नगरपालिका ९ जयतपनिमा परापुर्बकाल देखि लाग्ने मेला तथा महोत्सव २०७९ उद्घाटन गरिएको छ । लेकाली मेला ब्यबस्थापन समिति सल्यानले आयोजना गरेको विभिन्न प्रतियोगिताको आइतबार जयतपानीमा उद्घाटन गरिएको हो ।
बनगाड कुपिन्डे नगरपालिकाका नगर प्रमुख कर्ण बहादुर बुढाथोकिको प्रमुख आतिथ्यता र बिसिस्ट अथिती जिल्ला समुन्वय समिती उप प्रमुख आसबिर बुढाथोकी, बनगाड कुपिन्डे नगरपालिका उपप्रमुख पुरुशोत्तम आचार्य,९ नम्बर वडाध्यक्ष रुद्र परियार,प्रमुख जिल्ला अधिकारि ,जिल्ला प्रहरी कार्यलय सल्यानका प्रमुख , पत्रकार , विभिन्न राजनीति दलका प्रतिनिधि लगाएतको आतिथ्यतामा उक्त मेला महोत्सवको उद्घाटन गरिएको लेकाली मेला महोत्सव ब्यबस्थापन समितिका संयोजक एचबि डागि कमलले जानकारी दिनुभयो ।
मेलामा बिबिध प्रतियोगिता मध्य भलिबल प्रतियोगिता पनि रहेकोछ मेला ब्यबस्थापन समितिका अनुसार भलिबल प्रतियोगिताको विजेता टिमले नगत ३५ हजार पुरस्कार पाउने छ भने उप विजेता टिमले नगद २५ हजार पुरस्कार पाउने छ । यस्तै तृतिय हुनेले नगद १५ हजार पुरस्कार पाउने छ । भलिबल प्रतियोगिता भने यहि असोज ३ गते आज सोमबार बाट सुरु हुने बताइएको छ । मेलामा बिभिन्न गाउ बस्ती बाट मेला हेर्न उपस्थित सबै सबैमा आयोजकले धन्यवाद दिएको थियो ।आफ्नो सस्कृतीको जगेर्णा गर्दै आफ्नो प्रस्त्तुती प्रदशन गर्न ,बनगाडी ट्प्पा( टेम्के, पैसेरी ,झाप्रे ) लगाएत बिद्यालयको तर्फ बाट बिभिन्न प्रस्त्तुती प्रदशन गर्नेमा एभरेस्ट बोर्डिङ स्कुल जयतपानी ,जनकल्यान आधारभुत निमावी , सृजनशिल युवा क्लब थिए मेलामा लोकदोहोरी र एकल नृत्यमा भाग लिने सबैलाई तोकिएको पुरस्कार ,सम्मान पत्र,धन्याबाद पत्र र उचित मुल्याङकनका साथ आज सोमबार बितरन गरिने आयोजकले जानकारी दिएको छ ।
यही २०७९ असोज २ देखि बकुनपा ९ मा। वडाको आसपासका वडा,गाउ,बस्तीहरु खास गरी शारदा नगरपालिकाको ७,८,९ कालिमाटी गाउपालिका, र बनगाड कुपिन्डे नगरपालिकाका प्राय सबै वडा लगायत जिल्ला बाहिर बाट पनि बिभिन्न प्रतियोगितामा भाग लिन प्रतियोगी अनि मेला हेर्ने दर्सकहरुको बाक्लो उपस्थिती रहने थियो ।आफ्नो वडा/नगरको पहिचान गराउदै स्थानिय कला सस्कृती र युवा खेलाडी लाई प्रोत्साहन स्वरुप यो जोखिम लिएका आयोजकले बताएको छ ।


सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।