• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
वनबाट आम्दानी गरी प्रदेशलाई समृद्ध बनाउने सकिन्छ : मुख्यमन्त्री केसी




मानसिंह विश्वकर्मा
बुटवल / लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ ले बैज्ञानिक बन व्यवस्थापन गर्नका लागि प्रदेश सरकारकाले कानून निर्माण गरी सकेकोले बनबाट आम्दानी गरी प्रदेशबासीको समृद्धिका लागि प्रयोग गर्न सकिने बताउनुभयो ।

यस्तो विचार मुख्यमन्त्री केसीले संविधान दिवस २०७९ को अवसरमा रुपेन्देही चरङ्गेमा रहेको साझेदारी बनमा बृक्षारोपन गर्दै बताउनुएको हो ।

उहाँले लुम्बिनी प्रदेश बनक्षेत्रको धनी प्रदेशभएकाले गर्दा वनलाई संरक्षण गर्दै समुदायको आर्य आर्जन र जीवन यापनको कुरा समेत गर्नुभयो । उहाँले भन्नुभयोः–“बन हाम्रो प्रदेशको आर्थिक आम्दानीको श्रोत हो, यसलाई हामीले सदुपयोग गर्नुपर्दछ, समुदायको जीवन समृद्धका लागि प्रयोग गर्नुपर्दछ । ”

मुख्यमन्त्री कुलप्रसाद केसीले बनलाई नागरिकको जीवन र प्रदेशको आर्थिक आम्दानीको श्रोत बनाउनको लागि नियमित रुपमा संरक्षण र सम्बद्धन आवश्यक रहेको बताउनुभयो । उहाँले वन प्रदेश सरकारको मातहतमा आई सकेकोले गर्दा वनको संरक्षण र यसको व्यवस्थापनमा पनि सिंगो समुदाय अगाडी बढाउनको लागि अनुरोध गर्नुभयो ।

यस्तै लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री सुरेन्द्रबहादुर हमालले बन क्षेत्रमा अतिक्रमण, अति चरिचरण लगायतका कार्यहरु रोक्नु पर्ने बताउँदै वनलाई जनताको जीवन निर्वाह र रोजगार क्षेत्रसँग जोड्नु पर्ने बताउनुभयो । उहाँले प्रदेश सरकारले अनिवार्य रुपमा आफ्ना जमिनमा रहेको जनिमाको संरक्षण र सम्बद्धन गर्नुपर्ने बताउनुभयो ।

यस्तै लुम्बिनी प्रदेश सरकारका प्रमुख सचिव डा. दिपक काफ्लेले बन प्रदेशको एकल अधिकार भएकाले यसलाई प्रदेश सरकारले नै व्यवस्थापन गरी अगाडी बढाउनुपर्ने बताउनुभयो । उहाँले यसलाई मन्त्रालयको कर्मचारी क्षेत्रबाट पनि बन व्यवस्थापनका लागि सकरातमक कार्य गरेको बताउनुभयो ।

Facebook Comments