• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राप्ती शिक्षा क्याम्पसमा नयाँ विद्यार्थीलाई स्वागत




असोज २, दाङ ।  राप्ती शिक्षा क्याम्पस घोराहीमा नव आगन्तुक विद्यार्थीलाई स्वागत गरिएको छ । बीएड दोस्रो बर्षका विद्यार्थीहरुले प्रथम बर्षका विद्यार्थीलाई स्वागत गरेका हुन् ।No description available.

विद्यार्थी शिव भट्टराईको अध्यक्षता र क्याम्पस प्रमुख हुकुम बुढाथोकीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । प्रमुख अतिथि बुढाथोकीले विद्यार्थीलाई निरन्तर अध्ययन अनुसन्धानमा लाग्न आग्रह गर्नुभयो । जसको जुन क्षेत्रमा क्षमता र रुचि छ त्यसमा अघि पढ्नुपर्ने उहाँले विद्यार्थीलाई सुझाव दिनुभयो ।

कार्यक्रममा उपप्राध्यापक चन्द्रबहादुर थापालगायतले सम्बोधन गर्नुभएको थियो भने विद्यार्थीहरुले बिबिध सास्कृतिक प्रस्तुति देखाएका थिए । कार्यक्रम सन्चालन सुवास क्षेत्री र कविता केसीले गर्नुभएको थियो ।

Facebook Comments