• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
डेंगुका संक्रमित विद्यार्थीलाई निःशुल्क औषधि उपचारको व्यवस्था मिलाउन माग




दाङमा क्रियाशील चार विद्यार्थी संगठनले डेंगु रोगका संक्रमित विद्यार्थीहरुलाई निशुल्क औषधि उपचारको आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् ।

नेपाल विद्यार्थी संघ तथा तीन अखिलको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।

प्रस्तुत छ बैठकपछि जारी प्रेस विज्ञप्तिको पूर्ण पाठः

मिति २०७९ असोज १ गते दाङ्गमा कृयाशिल चार विद्यार्थी संगठनहरुको संयुक्त बैठक बसि शिक्षा क्षेत्रमा देखिएका समस्याहरु र आम सरोकारका विषयहरुमा छलफल गरि महत्वपूर्ण निर्णयहरु गरियो । उक्त बैठकले गरेका महत्वपूर्ण निर्णयहरु सार्बजनिक गर्न यो संयुक्त प्रेस वक्तव्य जारी गरिएको छ ।
निर्णयहरुः
१. अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धि ऎन २०७५ बमोजिम प्रत्येक निजी लगानीका विद्यालय र सार्वजनिक शैक्षिक अन्तर्गत सञ्चालन गरेका विद्यालयहरुले विद्यालयको विद्यार्थी सङ्ख्याको आधारमा विद्यालयले प्रारम्भिक बाल विकास तथा शिक्षादेखि बाह कक्षासम्मका कुल विद्यार्थी सङ्ख्याको आधारमा विद्यार्थीहरूलाई निःशुल्क शिक्षा प्रदान गर्न आरक्षणको अनिवार्य व्यवस्था गर्नु पर्दछ । उक्त ब्यबस्था अनुसार पाँच सय जनासम्म विद्यार्थी भएका विद्यालयले कम्तीमा १० प्रतिशत , पाँच सयदेखि आठ सय जनासम्म विद्यार्थी भएका विद्यालयले कम्तीमा १२ प्रतिशत, आठ सयभन्दा बढी विद्यार्थी सङ्ख्या भएका विद्यालयले कम्तीमा १५ प्रतिशत आरक्षणको व्यबस्था गर्नु पर्छ । तर धेरै निजि शैक्षिक संस्थाले उक्त ऎनमा भएको व्यबस्था लत्याउदैँ कार्यान्वयन नगरेको देखिएकाले उक्त व्यबस्थालाई तत्काल कार्यान्वयन गराउनका लागि स्थानीय सरकार सहित सम्पुर्ण सम्बन्धित निकायलाई हार्दिक अनुरोध गर्दछौ ।

२. कक्षा ११ को कक्षा सुरु भएको लामो समय भइसक्दा पनि आबस्यक पाठ्यपुस्तक उपलब्ध हुन सकेको छैन । जसका कारण कक्षा ११ का विद्यार्थीहरु अध्ययन गर्न बाट बन्चित भएका छन । विभिन्न बाहाना बनाई लामो समय सम्म पनि कक्षा ११ को पाठ्यपुस्तक नछापिनु सरकारको गैरजिम्मेवार पुर्ण कदम हो । उक्त समस्यालाई तत्काल समाधान गरि विद्यार्थीहरुलाई पढ्ने वातावरण बनाइदिनका लागि सम्बन्धित पक्षहरुलाई हार्दिक अनुरोध गर्दछौ ।

३. विभिन्न शैक्षिक संस्थाले गरेका चरम बेतिथि , निजि विद्यालयहरुले आफू खुशी मनपरि रुपमा उठाउने गरेको शुल्क लगायतका विषयमा तत्काल अनुगमन , निरीक्षण र आबस्यक कार्बाही गर्नका लागि तदारुकता देखाउन स्थानीय सरकार र सम्बन्धित निकायहरुलाई हार्दिक अनुरोध गर्दछौ ।

४. अहिले देशभर डेंगुको संक्रमण बढिरहेको छ । अस्पतालहरुमा बेडहरुको अभाब हुनुका साथै बिरामीहरु अलपत्र अबस्थामा छन । डेंगुका बिरामीको दर बढेपछि किटको कृत्रिम अभाव गराइएको छ । व्यापारीहरुले स्टक सकिएको भन्दै कृत्रिम अभाव गराइएको प्रती हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । सरकारले सहजरुपमा किट उपलब्ध गराउँदै डेंगु रोगका संक्रमित विद्यार्थीहरुलाई निशुल्क औषधि उपचारको आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गर्दछौ।

५. सार्बजनिक सवारी साधनमा विद्यार्थीहरुलाई ४५ प्रतिशत छुट दिने विगतको सहमति कार्यान्वयन गर्नमा आलटाल देखिएकाले उक्त ब्यबस्था तत्काल कार्यान्वयन गराउनका लागि सम्बन्धित निकाहरुहरु सबैलाई हार्दिक अनुरोध गर्दछौ ।

६. महत्वपूर्ण चाडपर्वहरु नजिकिदै गर्दा , बढ्दो महंगी र कालोबजारीका कारण दैनिकि गुजारा गर्नमा आम निम्न बर्गिय समुदायलाई असहज भैरहेको छ । तसर्थ यसलाई तत्काल नियन्त्रण गर्न सम्बन्धित निकायलाई हार्दिक अनुरोध गर्दछौ ।

माथिका विषयहरुलाई तत्काल सम्बोधन गरियोस् अन्यथा हामी कडा भन्दा कडा संघर्ष गर्न बाध्य हुनेछौ ।
२०७९ असोज १ गते

Facebook Comments