• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पुलिसलाई ऐतिहासिक स्वर्ण




भाद्र ३१, ओपनर कुशल भुर्तेल र सुनिल धमलाकोे विष्फोटक ब्याटिङमा नेपाल पुलिस क्लबले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत क्रिकेट प्रतियोगिता फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ८ विकेटले हराउँदै ऐतिहासिक स्वर्ण जितेको छ ।
जितको लागि १ सय ४ रनको विशाल विजयी लक्ष्य पछ्याएको पुलिसले ६.५ ओभरमा २ विकेट गुमाई पूरा गर्यो । पुलिसले राष्ट्रिय खेलकुदमा पहिलो पटक क्रिकेटतर्फ स्वर्ण जित्न सफल भएको हो । पुलिसका कुलश भुर्तेल १९ बलमा ३ चौका र ६ छक्कासहित सर्वाधिक ५१ रनको विष्फोटक इनिङ खेले । सुनिल धमला १७ बलमा २ चौका र ४ छक्कासहित ४२ रनमा अविजित रहे ।

कुशल भुर्तेलले १७ बलमा अर्धशतक प्रहार गरेका थिए । कुशलले सुशन भारीलाई लङअनमा छक्का हान्दै अर्धशतक पूरा गरेका थिए । पहिलो विकेटका लागि धमला र भुर्तेलले ५।३ ओभरमा ९२ रनको विष्फोटक साझेदारी गरेका थिए ।No description available.

आरिफ शेखले भारीलाई छक्का हान्दै विजयी रन बटुलेका थिए । कुशल जितेन्द्र मुखियाको छैटौं ओभरको तेस्रो बलमा एलबीडब्लू आउट भएका थिए । दीपेन्द्र सुशन भारीको बलमा ४ रनमा स्टम्पिङ आउट भए । आर्मीका सुशन भारी र जितेन्द्र मुखियाले एक एक विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको आर्मीले निर्धारित ८ ओभरमा ७ विकेट गुमाउँदै १ सय ३ रन बनाएको थियो । आर्मीका कप्तान विनोद भण्डारीले १४ बलमा ३ चौका र ४ छक्कासहित सर्वाधिक ४० रनको योगदान दिए । युवा ब्याटर रोहित पौडेलले १० बलमा ४ छक्कासहित २८ रनमा क्याच आउट भए ।
पहिलो ओभरको पहिलो बलमै गुलशन झालाई अर्जुन साउद ठूलो सट खेल्न चाहेपनि एज लागेर विकेटकिपर दीलिप नाथबाट रोयल डक आउट भए । दोस्रो ओभरमा राशिद खानलाई रोहित पौडेलले दोस्रो, तेस्रो र चौथो बलमा लगातार तीन छक्का हान्दै कुल २० रन बटुलेका थिए । तेस्रो ओभरको दोस्रो बलमा रोहितले चोभार एण्डबाट डिप मिडविकेटमा गुलशनलाई सानदार छक्का हाने ।

तर चौथो बलमा रोहित एज लागेर विकेटकिपर दीलिपबाट क्याच भए । त्यसपछि चौका र अन्तिम बलमा भीम सार्कीले लङअनमा छक्का हाने । दीपेन्द्रसिंह ऐरीको बलमा भीम एज लागेर करण केसीबाट ११ रनमा आउट भए । भीमले ४ बलमा १ चौका र १ छक्का हाने । त्यसपछि मैदान आएका विनोदले दीपेन्द्रलाई पाँचौं बलमा चौका र अन्तिम बलमा छक्का हाने ।

योगेन्द्रसिंह कार्कीलाई विनोद भण्डारीले तेस्रो बलमा लङअफमा छक्का हाने । यसै ओभरको अन्तिम बलमा स्टेटमाथिको भवन कटाउँदै विनोदले सुन्दर छक्का हानेका थिए । कुशल मल्ल १३ बलमा २ चौकासहित १३ रनमा आउट भए ।

आठौं ओभरको पहिलो बलमा स्पिनर ललितनारायण राजवंशीले बोल्ड आउट गरे । लगत्तै अर्को बलमा सोनु तामाङ बोल्ड भए । हरि चौहान २ र सोमपाल कामी ३ रनमा अविजित रहे । अन्तिम ओभरमा ललितले १ ओभरमा मात्र ४ रन खर्चेर २ विकेट लिए ।

पुलिसका गुलशन झाले २ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । स्पिनर ललित नारायण राजवंशीले १ ओभरमा ४ रन खर्चेर विकेट लिए । राशिद खान र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट लिए ।

सेमिफाइनलमा आर्मी समूह विजेता बन्दै फाइनलमा पुगेको थियो । सुदूरपश्चिमसँगको खेल वर्षाको कारण हुन नसकेपछि फाइनलमा स्थान बनाएको थियो । पुलिसले एनआरएनए स्पोर्ट्स एकेडेमीलाई दोस्रो सेमिफाइनलमा १३ रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।

Facebook Comments