• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सिस्ने गाउँपालिकाको ८ औं बैठकबाट दर्जन निर्णय पारित




मदन बिसी/रुकुमकोट
रुकुम पूर्व । विभिन्न महत्वपूर्ण निर्णय पारित गर्दै सिस्ने गाउँपालिकाको ८ औ कार्यपालिका बैठक सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीको अध्यक्षतामा बिहिवार सम्पन्न कार्यपालिका बैठकले १२ वटा निर्णय पारित गरेको छ । बैठकमा एक सय दिनको अवधिमा नयाँ जनप्रतिनिधि मार्फत सम्पादन भएका विभिन्न महत्वपूर्ण कामको प्रगति समिक्षा गरिएको थियो ।अवको केहि दिनमा पत्रकार सम्मेलन मार्फत एक सय दिनमा सम्पन्न भएका कामको बारेमा जानकारी गराउने निर्णय बैठकले गरेको छ ।

गाउँपालिकाको शैक्षिक गुणस्तर सुधारका लागि प्रधानाध्यापक संग गरिने सम्झौता पत्रको नमुना पनि बैठकले स्वीकृत गरेको गाउँपालिकाका प्रवक्ता कृष्ण खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त सम्झौता पत्र आगामी बस्ने प्रधानाध्यापक बैठकमा हस्ताक्षर गराई कार्यान्वयनका लागि करार सम्झौता गर्ने निर्णय पनि भएको छ।

यस्तै शिक्षाको पहुँच तथा गुणस्तर सुधारका लागि चालु आर्थिक वर्षमा विशेष अनुदान मार्फत प्राप्त भएको एक करोड र गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मेडपा सञ्चालनको लागि संघीय सरकारबाट सर्शत अनुदान मार्फत प्राप्त चौत्तिस लाख बजेट कार्यान्यनका लागि स्वीकृत गरिएको छ । बैठकले युवा विकास केन्द्र लागि विनियोजन गरिएको ९ लाख बजेट पनि कार्यान्वयनका लागि पारित गरेको छ ।

प्रवक्ता खड्काका अनुसार दीर्घकालीन एकिकृत फोहोर व्यवस्थापन तथा रुलिखोला ढल निकास गर्न डि.पि.आर तयार गरी फोहोर व्यवस्थापनलाई अघि बढाउन २० लाख खर्च गर्ने निर्णय पनि भएको छ । १ नम्बर वडाको आधारभूत स्वास्थ्य इकाइ पाखापानीलाई सञ्चालन गर्न एक जना कर्मचारी व्यवस्थापन गर्ने निर्णय भएको उहाँले बताउनुभयो । रुकुमकोट बसपार्कमा प्रहरी विट स्थापनाको लागि भौतिक संरचना निर्माणमा भएको खर्च सुरक्षा व्यवस्थापन शिर्षकबाट प्रदान गर्ने निर्णय पनि कार्यपालिका बैठकबाट पारित भएको छ ।

सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत सम्झौता अनुसार काम सम्पन्न गरेका निवेदन माथी छानविन गरी भुक्तानी दिने र प्राकृतिक विपदबाट क्षति भइ पुनः निर्माण गरिएको ३ नं वडा कार्यलयको मर्मत खर्च प्रदान गर्ने निर्णय भएको छ ।

यस्तै अति विपन्न भई उपचार खर्च समेत व्यहोर्न नसकेका ५ विरामीलाई उपचार खर्च प्रदान गर्ने निर्णय बैठकले पारित गरेको छ । कार्यपालिका बैठकको निर्णय अनुसार ति विरामिले तीन देखि दश हजार रुपैया उपचार खर्च पाउने भएका छन ।

Facebook Comments