नेपाल क्रिकेट संघ क्यानले पहिलो पटक आयोजना गर्न लागेको नेपाल टी २० लिग डिसेम्बरसम्मलाई स्थगित भएको छ ।
सेप्टेम्बर २४ तारिखबाट आयोजना हुनु पर्ने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेका बेला आसन्न मंसिर ४ गतेको चुनावको कारण देखाउँदै डिसेम्बरसम्मलाई स्थगित गरिएको छ ।
यसअघि असोज ८ गतेदेखि कार्तिक २३ गतेसम्म नेपाल टी २० लिग आयोजना गर्ने गरि तयारी अगाडि बढाइएको थियो ।
प्रतियोगिताका ६ टिम घोषणा भइसकेका छन् भने टी टिमले ड्राफ्टमार्फत खेलाडी पनि छनोट गरिसकेका छन् ।
टी २० लिगमा ३३ विदेशी खेलाडी आवद्ध भएका छन् । गृहमन्त्रालयले मंसिर चार गतेको चुनाव परेकाले प्रतियोगिता पर सार्न आग्रह गरेको थियो ।
गृहको आग्रहमा क्यानले डिसेम्बर ११ देखि ३१ तारिखसम्म नेपाल टी २० लिग आयोजना गर्ने अर्को मिति भने सार्वजनिक गरेको छ । पहिलो पटक आयोजना हुन लागेको प्रतियोगितामा देशका ६ शहरका नाममा टिम बनेका छन् ।
प्रतियोगितामा काठमाडौं गोर्खाज, पोखरा एभेन्जर्स, विराटनगर सुपर किंग्स, जनकपुर रोयल्स, लुम्बिनी अल स्टार्स र फार वेस्टन युनाइटेडले सहभागित जनाउने छन् । ६ टिमले आफ्ना मार्की खेलाडीसहित सबै सार्वजनिक गरेका छन् ।
विदेशी खेलाडीहरुको हकमा भने श्रमस्वीकृति लिन बाँकी रहेको छ भने उनीहरुको नेपालमा बैंक खाता खोल्न पनि बाँकी रहेको जनाइएको छ ।
अब तयारीका लागि पर्याप्त समयमा भएकाले डिसेम्बरमा तय भएको प्रतियोगिता सहज रुपमा सम्पन्न हुने क्यानका एक पदाधिकारीले जानकारी दिए ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।