• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
विद्यार्थीले इन्ट्रान्सको तयारी कहिले र कसरी गर्ने ?




कुनै निश्चित कक्षा पूरा गरेपछि अर्को तहमा प्रवेश गर्न कठिन हुन्छ । त्यसो त कक्षा १२ पछि उच्च शिक्षा र अझ ब्यवसायिक तथा सीपमूलक शिक्षामा प्रवेश गर्नु फलामको च्यूरा चपाउनु सरह हुन्छ । यसका लागि प्रवेश परीक्षा (इन्ट्रान्स) उत्तीर्ण गर्नुपर्छ । त्यसका लागि विभिन्न शैक्षिक संस्थाहरुले ब्रिज कोर्ष सञ्चालन गरिरहेका हुन्छन् । तीमध्ये दाङमा चलेको नेतृत्वदायी संस्था हो– नेम दाङ । इन्ट्रान्सको तयारीलगायतका समसामयिक विषयमा केन्द्रित भएर घोराहीमा रहेको नेम दाङका अध्यक्ष दीपक दाहालसँग सिस्ने अनलाइनका प्रबन्ध सम्पादक जंग रेउलेले गरेकोे संक्षिप्त कुराकानी यहाँ प्रस्तुत गरिएको छः

स्वागत छ, तपाईलाई सिस्ने अनलाइनमा ।

–हजुर धन्यवाद, सिस्ने अनलाइन परिवारलाई ।

खासमा नेम दाङ भनेको के हो ?
–विद्यार्थी जीवनमा एक तहको अध्ययनपश्चात आगामी शैक्षिक योजना तय गर्न तथा शैक्षिक बाटो तय गर्न अभिभावक तथा विद्यार्थीमा रहेको अन्योललाई उचित शैक्षिक परामर्श दिन र एक तहबाट अर्को तहमा अध्ययन प्रवेशको निम्ति दिनुपर्ने प्रवेश परीक्षाको तयारी कक्षा सञ्चालनको मुख्य उद्देश्य राखी दक्ष, विषय विज्ञ शिक्षकहरुको समूहद्वारा निर्माण गरिएको दाङ जिल्लाको एकमात्र शैक्षिक संस्था नेम दाङ हो ।

विद्यार्थीहरुले इन्ट्रान्सको तयारी किन गर्ने ?
–आजको प्रतिस्पर्धात्मक समयमा विद्यार्थीले एसइईको परीक्षापछि राम्रो कलेजमा पढ्न तथा विभिन्न सिटीइभिटीका कार्यक्रममा छात्रवृत्ति प्राप्त गर्न तथा १२ कक्षापछि (एमविविएस÷बिडिएस) पारामेडिकल (बिफार्मेसी, बि नर्सिङ, बिएएमएस, बिएमएलटी) तथा इञ्जिनियरिङका कोर्षमा प्रवेशको निम्ति प्रवेश परीक्षा (इन्ट्रान्स) दिनुपर्छ । तसर्थ उक्त परीक्षामा सफलताको लागि विद्यार्थीले इन्ट्रान्सको तयारी गर्नुपर्छ ।

तपाईको संस्थामा कस्ता खालका तयारी कक्षाहरु संचालन हुँदै आएका छन् ?
–हामीले नेम दाङमा एसइई पछिका व्रिजकोर्ष तथा सिटीइभिटीका प्रवेश परीक्षा तयारी कक्षाहरु साथै १२ कक्षा पछिको लागि मेडिकल, इञ्जिनियरिङ तथा सिएमएटीका तयारी कक्षा संचालन गर्दै आएका छौं । यसैवर्ष भदौ २५ गतेदेखि १२ कक्षामा साइन्स अध्ययनरत विद्यार्थीलाई प्रिमेडिकल तथा प्रिइञ्जिनियरिङका तयारी कक्षा समेत सञ्चालनमा ल्याएका छौं ।

विद्यार्थीले इन्ट्रान्सको तयारी कहिले र कसरी गर्ने ?
–विद्यार्थीले आफ्नो एउटा शैक्षिक तह सकिएपछि आफु प्रवेश गर्न मिल्ने र रुचि भएको विषयको लागि तोकिएको पाठ्यक्रम अनुसार तयारी गर्नुपर्छ ।

तपाईहरुले विद्यार्थीको मागलाई मध्यनगर गर्दै भर्खरैदेखि प्रिमेडिकल तथा प्रि इञ्जिनियरिङ विषयको भर्ना खुला गर्नुभएको छ । विद्यार्थीको आकर्षण कस्तो छ ?
–हो । हामीले यही भदौ २५ गतेदेखि प्रि मेडिकल तथा प्रि इञ्जिनियरिङको कक्षा संचालन गरेका छौं । र, सीमित सिटको लागि भर्ना खोलेका छौं । यो नितान्त फरक अनि विद्यार्थीको शैक्षिक भविष्यसँगै जोडिएको दाङमै प्रि मेडिकल तथा प्रि इञ्जिनियरिङ तयारी गर्ने एकमात्र संस्था भएको हुँदापनि विद्यार्थीको आकर्षण धेरै राम्रो छ ।

प्रिमेडिकल तथा प्रि इञ्जिनियरिङ कस्ता कोर्ष हुन् ?
–१२ कक्षा साइन्स विषय लिएर पास गरेपछि विद्यार्थीले मेडिकल (एमविविएस/बिडिए) तथा इन्जिनियरिङ (बिइ) को प्रवेश परीक्षा दिन पाउँछन् । यस्ता विषयमा विद्यार्थीको अत्याधिक रुचि हुने भएकाले प्रवेश परीक्षा पास गर्न कडा प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । अतः १२ कक्षा पछिको छोटो समय अपुग हुने भएकाले विद्यार्थीले १२ कक्षा अध्ययन गर्दागर्दै प्रवेश परीक्षाको पाठ्यक्रम र कक्षा १२ को परीक्षालाई समेटेर तयार गरिएको कोर्षलाई प्रि मेडिकल तथा प्रि इञ्जिनियरिङ भनिन्छ ।

कुन तहका विद्यार्थीले प्रि मेडिकल तथा प्रि इञ्जिनियरिङ विषयको तयारी गर्न पाउँछन् ?
–कक्षा १२ मा साइन्स विषय अध्ययन गरिरहेका विद्यार्थीले प्रि मेडिकल तथा प्रिइञ्जिनियरिङ कक्षा लिन पाउँछन् ।

विद्यार्थी र अभिभावकहरुले तयारी कक्षाका लागि नेम दाङ नै किन रोज्ने ?
– नेम दाङले दाङमै विद्यार्थीले प्रवेश परीक्षा तयारी गर्न पाउने गरी दक्ष तथा विषय विज्ञ शिक्षकसहित कक्षा संचालन गर्दै आएको छ । तसर्थ विद्यार्थी तथा अभिभावकले आफ्नो शैक्षिक भविष्य मेडिकल तथा इञ्जिनियरिङ खोज्दै हुनुहुन्छ भने, नेम दाङले विभिन्न छात्रवृत्तिका सुविधासहित यही भदौ ३१ गतेसम्म सुविधा दिएकाले र नेम दाङ, दाङ जिल्लामै एकमात्र यसप्रकारका प्रवेश परीक्षा तयारी गर्ने संस्था भएकाले ढुक्क भएर नेम दाङमा आउन अनुरोध छ ।

आगामी योजना के छन् ?
–दाङ जिल्लाको एक गुणस्तरीय शैक्षिक कार्यक्रम संचालन गर्ने संस्थाको रुपमा स्थापित गर्ने योजना छ ।

अन्त्यमा केही भन्नु छ ?
–अन्त्यमा देशका विभिन्न शहरहरुमा १२ कक्षाको पढाइसँगै प्रवे परीक्षा तयारी गर्ने प्रचलन रहेको छ । यसले गर्दा विद्यार्थीले पहिलो पटक नै प्रवेश परीक्षा पास गर्न सक्दछन् र विद्यार्थीले आफ्नो शैक्षिक वर्ष लस गर्नु पर्दैन् । अब दाङमा पनि नेम दाङले यो अवसर प्रदान गर्ने भएकोले अवसरको फाइदा लिन विद्यार्थी तथा अभिभावकलाई अनुरोध गर्दछु । र, आफ्नो विचार राख्ने मौका दिएकोमा सिस्ने अनलाइन परिवार पुनः धन्यवाद दिन चाहन्छु ।

Facebook Comments