रोल्पा, २९ भदौ ।
रोल्पाको थवाङ गाउँपालिका २ मा रहेको जलजला एजुकेशनल एकेडेमीले बुधबार एक कार्यक्रमको आयोजना गरेर बाल दिवस मनाएको छ । २०६६ सालमा स्थापना भएको विद्यालयले बुधबार राष्ट्रिय बाल दिवसका अवसरमा साँस्कृतिक कार्यक्रम सम्पन्न गरिएको हो ।
रोल्पा सहित देशभर विभिन्न कार्यक्रम गरी दिवस मनाईएको छ । दिवसको यसवर्षको नारा बालमैत्री समाजको आधार जिम्मेवार परिवार, उत्तरदायी सरकार भन्ने रहेको छ । जलजला एजुकेशनल एकेडेमी शिक्षक बाबुराम सुनारको अध्यक्षतामा गरिएको कार्यक्रममा विद्यार्थिहरुले बाल दिवस विशेष नृत्य, गित तथा साहित्यिक श्रृजनाहरु प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजिकरण नेपाली विषयकी शिक्षिका डोमा सुनारले गर्नुभएको थियो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
