• ४ जेष्ठ २०८३, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
अखिल (क्रान्तिकारी) अम्बिकेश्वरी क्याम्पसको अध्यक्षमा : बिष्ट




घोराही, २९ भदौ । बिद्यार्थीसँग अखिल (क्रान्तिकारी) तथा बिद्यार्थी जागरण अभियान अन्तरगत अम्बिकेश्वरी क्याम्पस दाङमा भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

संगठनको आज बुधबार सम्पन्न भेलाले प्रबिण बिष्टको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षहरुमा बिकास लम्साल , मीना भन्डारी, सचिबमा सन्जय केसि , सह सचिबहरुमा टीका खड्का , प्रेम रेउले र कोषाध्यक्षमा दिपक बस्नेत रहनु भएको छ ।

अखिल (क्रान्तिकारी) दाङका कार्यलय सदस्य एबम घोराही नगरकमिटी अध्यक्ष हिमाल महराको अध्यक्षता तथा अखिल (क्रान्तिकारी) दाङ जिल्ला संयोजक गिरबहादुर महराको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला कार्यालय सदस्य गोबिन्द मल्ल , अखिल (क्रान्तिकारी) महेन्द्र बहुमुखी क्याम्पसका नेता दिपक ओलिले मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रमको सहजीकरण नगर कमिटी सचिवालय सदस्य बिकास लम्सालले गर्नु भएको थियो ।

Facebook Comments