नबिन पुन
सल्यान / सल्यानकी एक महिला हप्ता दिनदेखि बेपत्ता भएकी छिन जिल्लाको बनगाड कुपिण्डे नगरपालिका -३ खानीगाँउकी घर अन्दाजी ३६ वर्षकी हिमा बुढा पुन विगत एक हप्तादेखी सम्पर्कविहीन भएको बुवा खर्के पुनले बताए ।
एक हप्ता पहिले सल्यानको ब्यापारीक केन्द्र सल्लीबजार बोइलरको दाना ल्याउँन केही पैसा लगेर गएकी र हाल जतासुकै खोज्दा पनि नभेटिएको बुवा पुनले बताउनु भएको छ । छोरी ज्वाइँ केही बर्ष यता भारतको नासिकमा बस्दै आएको तिज मान्न भदौ १३ गते माइती घर आएकी थिइन । माइती घर आएको एक हप्तामा नै सम्पर्क विहीन भएको बुवाले बताउनु ।उनका ८ बर्षिय एक छोरी अनि ५ बर्षिय एक छोरा रहेका छ्न ।
अहिले सम्म सबै ठाउँमा खोजिकार्य गर्दा पनि सम्पर्कमा नआएकोले कतै फेला पार्नु हुने जो कोहीले पनि नजिकैको प्रहरीमा र मामा टिकाराम घर्तिको मो.९८४४७९११४० सम्पर्क र आफन्तलाई जानकारी गरि सहयोग गरिदिन बुवा खर्के पुनले अनुरोध गरेका छन् ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
