आज मंगलबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १०० रुपैयाँ घटेको छ भने चाँदीको मूल्य ३५ रुपैयाँले बढेको छ ।
मंगलबार छापावाल सुनको मूल्य तोलामा ९३ हजार ५०० र तेजावी सुनको मूल्य ९३ हजार रुपैयाँ तोकिएको छ । सोमबार छापावाल सुनको प्रतितोला मूल्य ९३ हजार ६०० र तेजावी सुनको मूल्य ९३ हजार १०० रुपैयाँ तोकिएको थियो ।
मंगलबार चाँदीको प्रतितोला मूल्य १ हजार १८५ रुपैयाँ तोकिएको छ । सोमबार चाँदीको प्रतितोला मूल्य १ हजार १५० रुपैयाँमा खरिद बिक्री भएको थियो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
