विभिन्न माग राखेर माध्यामिक विद्यालय शिक्षक यूनियन नेपाल (हिस्टान)ले आन्दोलन शुरु गरेको छ ।

जसअनुसार आज देशभरिका शिक्षकहरुले प्रअमार्फत ज्ञापनपत्र बुझाएका छन् ।

आन्दोलनको कार्यक्रमअनुसार सामुदायिक प्लस टूका शिक्षकहरुले भदौ २८ गते कालोपट्टी बाँधेर अध्यापन गर्नेछन् ।


भदौ ३० गते पेटडाउनलगायतका कार्यक्रम रहेको र दशैं तिहारपछि आन्दोलन तीब्र बनाउने हिस्टान दाङका सचिव एमबी केसीले जानकारी दिनुभयो ।
Facebook Comments

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
