• ११ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राप्ती गाउँपालिकामा ‘मेरो पालिकाको लागि हप्तामा दुई घण्टा स्वयंसेवा’ अभियान




जगत खनाल/भालुबाङ
दाङको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले ‘मेरो पालिकाका लागि हप्तामा दुई घण्टा स्वयंसेवा’ अभियान थाल्नुभएको छ । अभियानअन्तर्गत राप्ती गाउँपालिकामा हरेक हप्ता दुई घण्टा नघट्ने गरी जनप्रतिनिधिहरुले प्रत्येक शनिवार सरसफाइ तथा बिकास निर्माणका काम गर्नेछन् । जुन ठाउँमा काम हुन्छ, त्यहाँका स्थानीयवासी पनि श्रममा जोडिनेछन् ।

अभियानको सुरुवात गर्दै अध्यक्ष बिष्टले आफ्नो अगाडि वा घरभित्र रहेको फ़ोहोर व्यवस्थापन गरि सभ्य नागरिकको परिचय दिन र पालिकाको अभियानलाई सहयोग गर्न आग्रह गर्नुभयो । ‘हाम्रो यो सचेतना अभियान हो अबदेखि कसैले अटेर गरेर पालिकाको अभियानलाई असहयोग गरे कानुनअनुसार कार्वाही गरिनेछ’– अध्यक्ष बिष्टले भन्नुभयो ।

उपाध्यक्ष कमलापति चौधरीले फ़ोहोरले मानिसको स्वास्थ्यमा नकारात्मक असर गर्ने भन्दै आफ्नो अगाडि फ़ोहोर नगर्न अनुरोध गर्नुभयो । बिहान करिब साढे ७ बजेदेखि शुरु भएको भएको सरसफाइ अभियानमा करिब दुई सय स्थानीयको उपस्थिति रहेको थियो ।

अभियान राप्ती गाउँपालिका वडा नम्बर १ भालुबाङको पुलचोकबाट शुरु भएको हो । राप्तीको मुख्य प्रवेश द्वार निकै फ़ोहोर रहेको गुनासो आइरहेको बेला राप्ती गाउँपालिकाको आयोजनामा सरसफाइ अभियान सुरु गरिएको हो ।

अभियानमा अध्यक्ष, उपाध्यक्ष, वडाका अध्यक्षहरु, युवा, समाजसेवी, शसस्त्र प्रहरी बल भालुबाङका प्रहरी नायब उपरीक्षक को नेतृत्वमा अधिकृत तथा जवान, नेपाल प्रहरीका प्रहरी निरीक्षक सुजन बिक्रम शाहको नेतृत्वमा अधिकृत तथा जवान, अस्थायी ट्राफिक प्रहरी कार्यालय भालुबाङका अधिकृत तथा जवानहरु, पत्रकार ,व्यापारी, शिवशक्ति बहुउद्देश्यीय सहकारी संस्थाका कर्मचारी लगायतको उपस्थिती रहेको थियो ।

Facebook Comments