नेपाल क्रिकेट संघ क्यानले पहिलो पटक आयोजना गर्न लागेको फ्रेन्चाइज क्रिकेट नेपाल टी २० लिगका ६ मार्की खेलाडी घोषणा गरेको छ ।
क्यानले पहिलो चरणमा ६ जना मार्की खेलाडीहरु अनुबन्ध गर्दै अरु ९२ खेलाडीको क्याटेगोरी अनुसार सूची पनि सार्वजनिक गरेको हो ।
प्रतियोगितामा काठमाडौं कान्तिपुर, लुम्बिनी अल स्टार्स, विराटनगर सुपर किङ्स, जनकपुर रोयल्स, पोखरा एभेन्जर्स र फारवेस्ट युनाईटेडले प्रतिस्पर्धा गर्दैछन् ।
पोखरा एभेन्जर्सले मोहम्मद आशिफ शेख, लुम्बीनी अल स्टारले दीपेन्द्रसिंह ऐरी, काठमाडौं कान्तिपुरले ज्ञानेन्द्र मल्ल, फारवेस्टन युनाइटेडले करण केसी, विराटनगर सुपर किंग्सले रोहित पौडेल र जनकपुर रोयल्सले सोमपाल कामीलाई मार्की खेलाडीको रुपमा अनुबन्ध गरेका छन् ।
सवैले ए समूहबाट मार्की खेलाडी अनुबन्ध गरेका हुन् । ए श्रेणीमा हुने खेलाडीले सिजनको १५ लाख पाउने छन् ।
यस्तै पोखराले मार्की पछि ए समूहबाट शरद भेषावकरलाई अनुबन्ध गरेको छ । नेपाल टी २० लिग असोज ८ गतेदेखि कात्तिक ५ गतेसम्म काठमाडौंमा हुँदै छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।