नेपाली क्रिकेट समर्थक समाज (NCSS) जिल्ला समन्वय समिति दाङको पहिलो बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
शनिवार घोराहीमा नेपाली क्रिकेट समर्थक समाज (NCSS) जिल्ला समन्वय समिति दाङको सम्योजक अबिन कार्कीको अध्यक्षतामा तथा सह सम्योजक पुरन सोति मगरको शुभकामना मन्तव्यमा उक्त कार्यक्रम भयको थियो ।
मन्तव्यमा धन बहादुर पुनले दाङ लाइ सक्रिय भएर लाग्न शुभकामना दिदै आवश्यक सहयोग समन्वय गर्न तयार रहेको बताउनु भयो । त्यस्तै मधुसुदन गिरिले विगत देखि अहिलेसम्मलाई स्मरण गर्दै तुलनात्मक रूपमा निकै उपलब्धि रहेको भन्दै अझै धेरै काम गर्न बाकी रहेको र ती कामलाइ निरन्तरता दिने बताउनुभयो ।
त्यस्तै मन्तव्यको क्रममा हिमाल महराले समग्र दाङ जिल्लाको क्रिकेटको स्तर उन्नतिको लागि आफुले हरदम पहल गर्ने बताउनु भयो ।
सम्योजक अबिन कार्कीले बार्शिक प्रतिबेदन प्रस्तुत गर्दै जिल्लाले बर्षभरिमा गरेका क्रिकेट गतिविधिहरुको बारेमा जानकारी गराउदै एनसिएसएस दाङले छोटो समयमा पाएको यो सफलतालाई थप नयाँ उचाइमा लैजाने प्रयास गर्ने बताउनु भयो । यस्तै, कोषाध्यक्ष अभिषेक अधिकारी र सचीव गुरु बिश्वकर्माले पनि आ-आफ्नो बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।