• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रेडियो मध्यपश्चिमको पहुँच लुम्बिनी प्रदेशको राजधानीसम्म विस्तार गरिने




दाङ सुचना तथा सञ्चार सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित रेडियो मध्यपश्चिम एफएम ९१ थोप्लो ४ मेगाहर्जले शनिवार आफ्नो १८ औँ बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

रेडियोका अध्यक्ष मधुसुदन बैद्यको अध्यक्षता एवं रेडियोका संस्थापक अध्यक्ष बरिष्ठ पत्रकार नारायणप्रसाद शर्माको प्रमुख आतिथ्यतामा रेडियोले साधारणसभा सम्पन्न गरेको हो । साधारणसभामा सचिव शारदा शर्माले बार्षिक प्रतिबेदन र कोषाध्यक्ष लिलाधर शर्मा पन्थीले बार्षिक आयव्ययका बारेमा जानकारी गराउनु भएको थियो ।

प्रगति प्रतिबेदन पेश गर्दै सचिब शर्माले आगामी कार्य योजना अन्तगरगत रेडियोद्वारा उत्पादित एवं प्रशारित विज्ञापन कार्यक्रम तथा समाचारको गुणस्तरीयता बढाउन पहल गर्ने, रेडियो संचालनका लागी मानव संसाधनको क्षमता अभिवृद्धिको पत्रकारिता एवम प्राविधिक लगायत विभिन्न तालिमहरु सञ्चालन गर्ने, प्रबिधिको बिकास संगै अनलाइन पत्रकारिताको प्रभाव बढ्दै गईरहेकाले यस संस्थाले सञ्चालन गर्ने मध्यपश्चिम अनलाइन खबरलाई अझ व्यवस्थीत गर्नका लागि पहल गर्ने, रेडियोका समाचार लगायतका महत्वपूर्ण कार्यक्रमलाई फेसबुक पेजमार्फत् लाइभ दिन थप पहल गर्ने, लुम्बिनि प्रदेशको राजधानी देउखुरी क्षेत्रमा यस रेडियोको प्रशारणको पहुँच बढाउने योजनालाई निरन्तरता दिने बताउनुभयो । रेडियोले संस्थाको विद्यान संसोधन गरेर रेडियो मध्यपश्चिमकै अनलाईन सञ्चालन गर्ने निर्णयलाई पारित गरेको छ ।

बन्द सत्रले सचिब र कोषाध्यक्षको प्रतिबेदन माथी छलफल गर्दै रेडियोलाई थप प्रभावकारी बनाउने प्रस्ताबलाई समेत पारित गरेको छ । कार्यक्रममा प्रमुख अतिथि शर्माले सत्य र तथ्य सामाग्रीको खोजी गरि स्रोतासम्म पुराएर सञ्चारगृहलाई विश्वसनीय बनाउने काम निरन्तर लाग्न सुझाव दिनुभयो । आजको पत्रकारले स्वतन्त्र र नेताको नभाई आवाज बिहिनको आवाजलाई बुलन्द गर्ने कुरालाई प्रमुख बनाउनु पर्ने बताउनु भयो । राजनितिक दलका नेताहरुमा त्याग, समरपण र सेवाको भाव नभई सत्तामोह देखिएकाले यस्ता कुराको खबरीदारीमा काम गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा रेडियोका सल्लाहकार माधबप्रसाद शर्मा, टिकाराम रेग्मी, गुरुप्रसाद रेग्मी, धु्रवकुमार श्रेष्ठलगाएतले आजको आर्थिक संकटको समयमा पनि सुरक्षित भएर सञ्चालन हुनु खुशीको कुरा भएको बताउनुभयो । यस्तै गलत कार्यको खबरदारी र विकास तथा रुपान्तरणमा साझेदारीका साथ रेडियोले आफ्नो भूूमिकालाई अघि बढाउनुुपर्नेमा जोड दिनुभएको थियो । उपाध्यक्ष सुुदर्शन रिजालको स्वागत मन्तव्यबाट सुुरुभएको कार्यक्रमको सहजिकरण सचिब शर्माले गर्नुभएको थियो ।।

Facebook Comments