• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङमा मगर कला तथा संस्कृति प्रदर्शनी (फोटो फिचर)




घोराही, २६ भदौ । दाङमा मगरहरुको मौलिक भाका, नृत्य,गरगहना, कला, मंगरे अक्षरको किताब प्रदर्शनी भन्ने मूल नारासहित मगर कला तथा संस्कृति प्रदर्शनी एवं साँस्कृतिक कार्यक्रम २०७९ सम्पन्न भएको छ । नेपाल मगर संघ जिल्ला समन्वय समिति, दाङको आयोजना तथा बंगलाचुली गाउँपालिकाको आर्थिक सहयोगमा उक्त कार्यक्रम शुक्रबार घोराहीमा सम्पन्न भएको हो ।

 

 

नेपाल मगर संघ जिल्ला समन्वय समिति, दाङका अध्यक्ष खलु पुनको अध्यक्षता एवं लुम्बिनी प्रदेशसभा सदस्य तुलराम घर्तीको प्रमुख अतिथि मगर संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष तथा सुनछहरी गाउँपालिकाका अध्यक्ष धनबहादुर पुनको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो ।

 

नेपाल मगर संघका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज सितलाल पुनको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण मगर संघ दाङ जिल्लाका सचिव मुक्तबहादुर बुढाले गरेका थिए ।

Facebook Comments