• २८ बैशाख २०८३, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
साथी भनेर १४ लाख दिएको रकम फिर्ता भएन, अदालतमा ठगी मुद्दा दर्ता




दाङ, २४ भदौ । दाङमा साथी भनेर १४ लाख रुपैयाँ सापटी दिएको रकम फिर्ता नभएपछि एक जनाले अदालतमा ठगी मुद्दा दर्ता गरेका छन् ।

राप्ती गाउँपालिका–२ बराखुट्टी निवासी सुर्ज बहादुर गुरुङले कपिलवस्तुको शिवराज नगरपालिका–८ बिसनपुर चन्द्रौटा निवासी अहमद अब्दुल रौफलाई १४ लाख २५ हजार दिनुभएको थियो ।

तर उक्त रकम फिर्ता नगरपछि गुरुङले रौफका विरुद्दमा जिल्ला अदालत दाङमा ठगी मुद्दा दर्ता गर्नुभएको छ । मैले बैशाखमा उसलाई १४ लाख २५ हजार साथी भनेर सापटी दिएको थिए । तर उक्त रकम फिर्ता नगरपछि म मारमा परेको छु, गुरुङले भन्नुभयो, अन्तिममा आएर अदालतमा मुद्दा दर्ता गरेको छु ।

चिन्जानका आधारमा गुरुङले रौफलाई थोरै थोरै गर्दै १४ लाख २५ हजार रुपैयाँ दिएको र असार ५ गतेको चेक लिएको बताउनुभयो । तर चेकको म्याद सकिदा पनि अब्दुल रौफले पटक–पटक म्याद सार्दै पैसा नदिएको गुरुङले बताउनुभयो ।

अहिले भदौ महिना सकिन लाग्दा पनि पैसा दिनुको साटो रौफ सम्पर्कबिहिन भएको उहाँले जानकारी दिनुभयो । साथै गुरुङले अहिले चेक बाउन्समा राखेको बताउनु भयो । फोन गरेर आफुले दिएको पैसा बारम्बार माग्दा रौफले राजनीति दलको डर त्रास देखाउदै धम्क्याउदै पैसा नदिने मान्साय बनाएको पीडित गुरुङ बताउनुहुन्छ ।

साथै चन्द्रौटामा रहेको कृषि बिकास बैँकमा रौफको खाता ब्ल्याक लिस्टमा राख्ने प्रकिया अगाडि बढाएको पनि गुरुङले बताउनुभयो ।

Facebook Comments