• ४ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
माओवादी केन्द्र दाङले थाल्यो घर फिर्ता अभियान, एकै दिन ३६ जना पार्टी प्रवेश




नेकपा माओवादी केन्द्र दाङले पार्टी छाडेर विभिन्न पार्टीमा प्रवेश गरेकाहरुलाई फिर्ता गर्ने अभियान शुरु गरेको छ । ‘आफ्नै घर फर्कौं अभियान’ शुरु गरेको माओवादी केन्द्रले एकै दिन ३६ जनालाई फिर्ता गरेको छ ।

माओवादीको आधार क्षेत्र मानिने बंगलगाचुली गाउँपालिकाबाट पछिल्लो समय माओवादी छाडेर कांग्रेस र एमालेमा प्रवेश गर्न थालेका थिए ।

पार्टी संगठन केही समय अस्तव्यस्त जस्तो देखिएको र निराश भएर कार्यकर्ता तथा शुभचिन्तकहरु अन्य पार्टीमा गएको स्वीकार गर्दै माओवादी केन्द्र दाङका इञ्चार्ज निर्मल आचार्यले आफूले इञ्चार्जको जिम्मेवारी लिएपछि अन्य पार्टीमा गएका नेता कार्यकर्तालाई फर्काउने तथा अन्य पार्टीका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउने कामलाई प्राथमिकता साथ अघि बढाएको बताउनुभयो ।

केही दिनअघि माओवादीले देउखुरीमा जसपाका केन्द्रीय सदस्यसहितका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराएको थियो भने आज बंगलाचुलीमा प्रवेश गराएको छ ।


बंगलाचुलीमा मीनबहादुर खत्री, पशुपति खत्री, धर्मबहादुर खत्री, रामबहादुर खत्री, इमानबहादुर खत्री, ऋषिराम बुढा, चुमसिंह गाह, कांग्रेसबाट वडा सदस्य उम्मेदवार बनेकी निमादेवी दमाईसहित ३६ जनालाई पार्टी प्रवेश गराएको माओवादी केन्द्र दाङले जनाएको छ । उनीहरु सबै बंगलाचुली ८ निवासी हुन् ।

पार्टी प्रवेश कार्यक्रमलाई जिम्मा इञ्चार्ज आचार्य, जिल्ला संयोजक एवं बंगलाचुली गाउँपालिका अध्यक्ष तुलसीराम पुन, निर्वाचन क्षेत्र संयोजक भक्तबहादुर ओली, गाउँपािलका इञ्चार्ज चुरामणि नेपाली, पार्टीका गाउँपालिका अध्यक्ष डोमाकान्त कँवर मगरलगायतले सम्बोधन गर्नुभएको थियो ।

Facebook Comments