घोराही, २३ भदौ । देशभरका ७५ जिल्लासहित दाङमा पनि डेंगुका विरामीको संख्या बढ्दै गएको छ । दाङको घोराहीमा डेंगुका विरामीको संक्रमण बढ्दै जान थालेपछि यसको नियन्त्रणका लागि सचेनामुलक अभियान थालिएको छ ।
बिहिबार घोराही उपमहानगरपालिका वडा नंम्वर १४ को आयोजनामा घोराही बजारमा र्याली लिकालेर सचेतना मुलक कार्यक्रम सम्पन्न गरिएको छ । डेंगु सर्छ लामखुट्टेबाट, उपचार नभए लान्छ घाट, टायरमा लामखुट्टे सरर… समयमै होस् गर, टायरमा पानी डेंगु रोगको खानी जस्ता नाराहरु लगाएर सचेत पारिएको थियो ।

नयाँ बजार शहरी स्वास्थ्य केन्द्रमा जम्मा भई आर्मी ब्यारेक, लखन पार्क, बसपार्क, झिंगौरा हुदै अटो भिलेजमा पुगेर र्यालीको समापन गरिएको हो । विभिन्न विद्यालयका विद्यार्थि, शिक्षक, जनप्रतिनिधि, टोल विकास संस्थाका अध्यक्षहरु, व्यावसायी, प्रहरी, आमा समुहका महिलाहरुको सहभागिता रहेको थियो ।
वडा अध्यक्ष भानसिं बुढाको नेतृत्व तथा वडा सदस्य रचना कुमाल, मोहन श्रेष्ठ, पुष्पा रावत, उपमहानगरको स्वास्थ्य शाखाका प्रमुख नारायन घर्ति, शाखाका ठाकुर खनाल, लगाएतको उपस्थितमा सचेतना मुलक ¥याली निकालिएको थियो । यस्तै जिल्ला स्वास्थ्य कार्यालय दाङका अनुसार अहिले जिल्लामा २ सय ६७ जनामा डेंगु संक्रमण देखिएको छ । जसमध्ये सबैभन्दा धेरै घोराही उपमहानगरपालिका मात्रै २५४ जना रहेको छ ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
