• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
माओवादी केन्द्र सल्यानद्वारा १६ जना उम्मेदवारको नाम सिफारिस




नबिन पुन

सल्यान / नेकपा माओवादी केन्द्र सल्यानले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि १६ जना आकांक्षि उम्मेदवारहरुको नाम सिफारिस गरेको छ ।सल्यान बुधबार जिल्ला समितिको बैठक पछि बसेको कार्यालय बैठकले संघ र प्रदेशको चुनावको लागि उम्मेद्वारको नाम सिफारिस गरेको हो ।No description available.

निर्णय अनुसार प्रतिनिधिसभा चुनावको लागि प्रत्यक्षतर्फ टेक बहादुर बस्नेत र, रमेश मल्ल दुई जनाको, नाम सिफारिस गरिएको छ । समानुपातिक तर्फ कमल बिक , दिलमाया बुढा ९गिरि ०र रत्न बहादुर वलिको नाम सिफारिस गरिएको पार्टी सचिव निम बहादुर केसीले जानकारी दिए।

त्यसैगरी प्रदेशसभाको निर्वाचन क्षेत्र नम्बर क बाट प्रत्यक्षतर्फ भिम प्रकाश शर्माको एकल नाम सिफासिर भएको छ । समनुपातिक तर्फ कल्पना पुन,टिका बुढाथोकी, धर्मे बुढाथोकी र तिलक कुमार बिकको नाम सिफारिस गरेको छ ।

प्रदेश निर्वाचन क्षेत्र नम्बर ख बाट चित्र बहादुर केसिको एकल नाम सिफारिस भएको छ । समानुपातिक तर्फ नबिनसिंह भडेल , मन्जु यरि, राधा शर्मा घर्ती,रुद्र बहादुर घर्ती र लक्ष्मी बोहराको नाम सिफारिस गरेको नेकपा माओवादी केन्द्र सल्यानले जनाएको छ ।

 

Facebook Comments