• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रोल्पामा भूमिहिनहरुको समस्या सधैका लागि अन्त्य गर्छौ : उपाध्यक्ष खड्का




खुमबहादुर सुनार
लिवाङ / रोल्पा
राष्ट्रिय भूमि आयोगका केन्द्रीय उपाध्यक्ष नहेन्द्र खड्काले रोल्पा जिल्लामा रहेका भूमिहिनहरुको समस्या सधैका लागि छिटै अन्त्य गर्ने बताउनु भएको छ । राष्ट्रिय भूमि आयोग जिल्ला समिति रोल्पाले आयोजन गरेको जिल्लास्तरीय अभिमुखिकरण तथा कार्य सहमती पत्रमा हस्ताक्षर कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।No description available.

कार्यक्रममा प्रमुख अतिथि समेत रहनुभएका राष्ट्रिय भूमि आयोगका उपाध्यक्ष खड्काले आयोगले भूमिहिनकाहरुको समस्या समाधान गर्ने गरि काम अगाडी बढाएको बताउनु भएको थियो ।

भुमिहिनहरुको समस्या समाधान गर्न रोल्पा पहिलो बन्नुपर्नेमा जोड् दिनभएको थियो । त्यसका लागि राष्ट्रिय भूमि आयोग जिल्ला समिती रोल्पा, जिल्ला भरका सबै स्थानिय सरकार र सरोकारवाला पक्ष आजै बाट कम्मर कसेर लाग्न समेत आग्रह गर्नु भएको छ । बिगमा भूमिहिनहरुको समस्या समाधान गर्न भनेर धेरै पटक भूमि आयोग गठन भए पनि काम गर्न नसको कुरा बताउदै भूमि आयोगका उपाध्यक्ष खड्काले अब त्यस्तो गल्ती यो आयोगले नगर्ने समेत बताउनु भयो ।

आफूहरु काम गरेर नेपालमा रहेको बास्तबिक भूमिहिनहरुको समस्या समाधान गरेर नेपालमा रहेका भूमिहिनहरुलाई यो समितीले भूमि दिलाएरै छाड्ने प्रतिबद्धता समेत गर्नु भएको थियो । बिभिन्न समयमा गठन भएका भूमि आयोगहरुले चुनाबमा भूमिहिनहरुको भोट पाउने उदेश्यले नक्कली लाल पुर्जा दिएको आफू सँग प्रमाण भएको बताउदै, आफूहरु त्यसो नगरेर बास्तबिक भूमिहिनलाई सक्कली लाल पुर्जाको प्रमाण दिलाउने समेत बताउनु भएको थियो ।

यस भन्दा पहिले भोट र नक्कली लालपुर्जा सात्ने काम कति पय सरकोरको पालामा भएको भन्दै अब आफू त्यसो नगर्ने प्रतिबद्धता समेत समेत ब्यत गर्नु भएको थियो । नेपालमा चार प्रकारको भुमिहिनहरुको समस्या समाधान गर्नुृ पर्ने बताउनु भएको थियो । भुमिहिन दलित, मुख्य सुकुमबासि, अब्यबस्थित बसोबास र सत्ता पत्ता लगाएको समस्या रहेको जानकारी गराउनु भएको थियो । आफु भूमिहिन भएको निबेदन अघिल्ला आयोगले संकलन गर्दा कम परेको हुनाले रोल्पा जिल्लामा भूमिहिनहरुको समस्या अन्य जिल्लाको तुलनामा अलि कम भएको समेत राष्ट्रिय भूमि आयोगका उपाध्यक्ष नहेन्द्र खड्काले बताउनु भएको थियो ।

कार्यक्रमा रोल्पा सुनिल स्मृती गाँउपालिका अध्यक्ष मनिराम बुढाथोकि, सुनछहरी गाँउपालिका अध्यक्ष धनबहादुर पुन, रुन्टिगढी गाँउपालिका अध्यक्ष जनक पुन, लङ्ग्री गाँउपालिका अध्यक्ष भरतकुमार थापा, प्रमुख जिल्ला अधिकारी नबराज सापकोटा, नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष नबिनलोचन मगर, बिभिन्न गाँउपालिका उपाध्यक्ष, प्रमुख प्रसासकिय अधिकृत, बिभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकार लगाएत सरोकारवाला पक्षको सहभागिता रहेको थियो ।

राष्ट्रिय भूमि आयोग जिल्ला समिती रोल्पाका अध्यक्ष क्रिषिराम रोकामगरको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय भूमि आयोग जिल्ला समिती रोल्पाकि सदस्य श्रीकुमारी रोकामगरको स्वागत मनतब्य दिनु भएको थियो भने कार्यक्रमको संचालन राष्ट्रिय भूमि आयोग जिल्ला समिती रोल्पाका बिज्ञ सदस्य मोहन परियारले गर्नु भएको थियो ।

Facebook Comments