रमेश परियार
भाद्र १८ तुलसीपुर
तुलसीपुर उप–महानगरपालिका वडा नं.५ र ६ बसपार्क एरिया एवं बसपार्कका १५ वटा टोल विकास संस्थाहरुको संयुक्त उपस्थितिमा स्वस्थ , शान्ति एवं सुरक्षा अभियान कार्यक्रम सनिवार सम्पन भएको छ ।
सम्झना टोल विकास संस्थाका अध्यक्ष हरि बहादुर वि.क को अध्यक्षता तथा तुलसीपुर ईलाका प्रहरी कार्यालयका प्रमुख .डि.एस. पि. पुस्पराज मल्ल को प्रमुख आतिथ्यता, विशिस्ट अतिथि तुलसीपुर नगर कार्यपालिका सदस्य यमुना परियारमा उक्त कार्यक्रम भएको थियो साथै नेपालगन्ज उप–महानगरपालिका वडा नं. ४ कि वडा सदस्य मिना नेपाली, ट्राफिक प्रहरी कार्यक्रम तुलसीपुरका प्रमुख उत्तम जि.सि , बसपार्क प्रहरी बिटका प्रमुख सन्तोष आचार्य , समाजसेवी पदम पोख्रेल शिस्ट अतिथि शिखर कोलोनी टोलका अध्यक्ष शिव श्रेष्ठ लगाएत टोल अध्यक्षहरुको अतिथी एवं सम्पुर्ण टोलबासीहरुको उपस्थितिमा ट्राफिक सम्बन्धि नियम , शान्ति सुरक्षा कायम गर्न प्रहरी प्रशासन र टोलबासीहरुको केकस्ता जिम्मेवारि रहने भन्ने विषयवस्तुहरुमा मुख्य अहम छलफल सहितको महत्त्वपूर्ण कार्यक्रम सम्पुर्ण अतिथिहरुले आ आफ्ना महत्त्वपूर्ण मन्तव्य दिई कार्यक्रम सम्पन्न भएको थियो ।
उक्त कार्यक्रममा तुलसीपुरका ट्राफिक प्रमुख उत्तम जि.सि ले सबै भन्दा पहिला आफ्नो घर परिवार नै ट्राफिक नियमहरु के कस्ता छन ती कुरा थाहा पाउन जरुरी छ आफ्नो घरका सदस्य जस्तै छोराछोरी कलेज जादा बाइक चलाउने अनुमती पत्र छ या छैन , छोराछोरी कतै लागू ओसधी प्रयोग त गर्दैनन , या भनै उस्को उमेर त पुगेको छैन सवारी साधन चलाउन लाई यी सबै कुरा परिवारले नै जिम्मेवारी पुर्बक आफ्ना छोराछोरीलाई पालना गर्न लगायौं भने सवारी साधन बाट हुने घटनाहरु न्यूनीकरण हुने जानकारी गराउनु भएको थियो । स्थानीय सरकार को तर्फ बाट जनप्रतिनिधि यमुना परियारले आफू र स्थानीय सरकार सदैव समाजप्रती उत्तरदायी छ समाजमा शान्ति सुरक्षा कायम गर्नलाई सम्पुर्ण टोलवासीहरुलाई साथ र सपोर्टमा सरकार रहेको जानकारी गराउनु भएको थियो ।
भने प्रमुख अतिथि डि.एस.पी पुस्पराज मल्लले आफु अहिले थोरै दिन मात्र सरुवाभै तुलसीपुर आएको र जसरी तुलसीपुरमा लागू औषधी प्रयोगकर्ता , बिक्रीकर्ताले उच्च जोखिम रहेको अवस्था आफू एस्लाई जग देखि निर्मुल पार्न आफू लागि पर्ने र जनतालाई पनि यो अभियानमा साथ सपोर्ट दिन हुन अनुरोध समेत गर्नु भएको थियो । लागू औषधी कै कारण झगडा , चोरी , बलात्कार , असुरक्षित , अशान्ति महसुस गरि धेरै पहिले देखी प्रहरी बिटको माग गर्नु भएको थियो त्यस्मा उहाँले आफू भन्दा माथिल्लो निकायमा समेत आफुले पनि पहल गर्ने र स्थानीय सरकार , वडा सरकार , टोल सम्पुर्णले आ आफ्नो ठाउँ बाट पहल गर्न पनि जोड दिनु भएको थियो ।
साथै उक्त कार्यक्रम बाट भर्खरै सरुवा भएर आउनु भएका ईलाका प्रहरी तुलसीपुरका डिएसपि पुस्पराज मल्ल तुलसीपुर ट्राफिक प्रहरी का प्रमुख उत्तम जिसि , जनप्रतिनिधि , सामाजिक अभियान्ता रमेश परियारलाई टोलवासिहरु द्वारा स्वागत पनि गरिएको थियो ।साथै उक्त कार्यक्रम बाट शान्ति ,सुरक्षा स्थापनार्थ प्रहरी बिट निर्माण गर्ने समिति समेत बनाएका छ । जस्मा हरि बहादुर वि. क को अध्यक्षतामा र प्रत्येक टोल अध्यक्ष सल्लाहकार रहने गरि समिति गठन समेत गरेको छ । मिना नेपालीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रम सहजीकरण कार्यक्रमको अभियानका व्यवस्थापक , समाजसेवी रमेश परियार ले कार्यक्रमको गरेका थियो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
