निराजन सिर्पाली / रुकुम पूर्व
रुकुम पूर्वको सिस्ने गाउँपालिकाको वडा नम्बर ४ दादिङको वडा कार्यलय नजिकै झाक्रिपोले मोडमा पहिरो जाँदा मोटर बाटो अबरुद्ध भएको छ ।
हिजो राति परेको अविरल वर्षाको कारण पहिरो गएको हो । त्यहा मात्रै नभई सदरमुकाम रुकुमकोट देखि दादिङ सम्म आउने मोटर बाटोको धेरै ठाउँहरुमा पहिरो आएको छ, धेरै जसो ठाउँहरुमा जिप छिर्ने गरि केही युवाहरूले लगातार २/३ दिनदेखि बाटो खुलाउन कोसिस गरिरहेको स्थानीय युवा श्याम पुनले बताउनु भएको छ ।
तर वडा कार्यलय नजिकै खसेको पहिरो भने हटाउन नसकिने अवस्था छ । यसका लागि JCB कि त वडाका सबैजना श्रमदानका लागि आउनुपर्ने स्थिति सृजना भएको छ । सिस्ने गाउँपालिका को JCB बिग्रेकाले गाउँपालिकाको JCB तत्काल पठाउन नसकेको गाउँपालिकाले जनाएको छ।
तर सर्वसाधारणले भने त्यो समस्या आफुहरुको नभएको वडा या गाउँपालिकाले तत्काल यो समस्याको समाधान गरिदिन माग गरेका छन् , साथै अरु वडाहरुमा कुनैपनि समस्या तत्काल समाधान हुने तर ४ नम्बर मा भने लापरबाही हुनेगरेको स्थानीयहरुको आक्रोस रहेको छ ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
