• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
टिकटकमा प्रतिबन्ध लगाउन माग गर्दै ज्ञापनपत्र




निराजन सिर्पाली

हिजो आज सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउनुपर्ने माग उठेको छ । समाजमा नकारात्मक असर पुर्‍याएको भन्दै भन्दै तराईका केही जिल्लाका युवा समूहले टिकटक प्रतिबन्धको माग राखेका हुन् ।

‘टिकटक बन्द संघर्ष समिति’ नै बनाएर केही युवाले जिल्ला प्रशासन र प्रहरी कार्यालयमा ज्ञापनपत्र बुझाएको पाइएको छ।शुक्रबार टिकटक बन्द संघर्ष समिति महोत्तरी द्वारा जिल्ला प्रशासन कार्यलय र जिल्ला प्रहरी कार्यलय प्रमुख ज्यु र जलेश्वर नगरपालिका प्रमुख ज्यु लाई टिकटक बन्द गराईदिनको लागि ज्ञापन पत्र बुझाईएका छन् ।

रौतहटबाट पनि केही युवाले यो संघर्ष समितिमार्फत सरकारी निकायमा ज्ञापनपत्र बुझाएका छन् । भने आज सिराहामा पनि ज्ञापनपत्र बुझाइएको छ र टिकटक बन्द संघर्ष समिती धनुषा द्वारा आयोजित जनकपुरधाम मा बिरोध प्रदर्शन साथैसाथ जनकपुरधाम उप(महानगरपालिका ,जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा समेत ज्ञापन पत्र बुझाएको छ।

तर केहि समुहले भने टिकटक मा चरित्र हिन प्रदान गर्ने लाई कारबाही हुनुपर्ने माग पनि गरेका छन । टिकटकले आफूमा रहेको कलालाई चिनाउन र सकारात्मक ज्ञान तथा सचेतनामूलक भिडियो सन्देश दिने भएकाले सबै टिकटक प्रयोग कर्ता गलत नहुने कुरा पनि चर्को रुपले उठाईएको छ ।
केहि बर्ष अघि भारतमा पनि टिकटकलाई भारत सरकारले प्रतिबन्ध लगाएको थियो ।

Facebook Comments