• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
झुपडीमा बस्ने संसारका एक्ला आदिवासीको निधन




ब्राजिलमा २६ वर्षदेखि अमेजन जंगलमा एक्लै बाँचिरहेका आदिवासी पुरूषको मृत्यु भएको छ। उनको मृत्युसँगै अरू मान्छेको सम्पर्कमा नआएको उनको समुदाय नै दुनियाँबाट लोप भएको छ।

बिबिसीका अनुसार ब्राजिलका अधिकारीहरूले गत मंगलबार (भदौ ७) मा ती पुरूषको शव जंगलको बीचमा रहेको उनको झुपडीको छेउमा फेला परेको हो।

शरिरमा प्वाँखहरू लगाएको अवस्थामा उनको शव भेटिएको थियो। शव भेटिएको ठाउँ वरपर उनीमाथि आक्रमण भएको कुनै अवशेष नदेखिएकाले ती पुरूषको मृत्यु प्राकृतिक कारणले भएको हुनसक्ने अनुमान गरिएको छ। आफू अब मर्छु भन्ने थाहा पाएपछि उनले प्वाँखले शरिर छोपेको हुनसक्ने अधिकारीहरूले बताएका छन्।

अमेजनको जंगलमा बाँकी संसारसँग नजोडिएका दर्जनौं आदिवासी समुदायहरू छन्। हालै निधन भएका ती पुरूषको समुदाय पनि कुनैबेला अमेजनको जंगलमा ठूलो संख्यामा थियो।

सन् १९७० को दशकमा जमिन अतिक्रमणकारीहरूले उनको समुदायको मानिसहरूलाई मारिदिएको विश्वास गरिन्छ।

सन् १९९५ मा अवैध खानी उत्खनन् गर्नेहरूले उनको समुदायका ६ जनाको हत्या गरेपछि उनी एक्लै परेका थिए।

ब्राजिलको आदिवासी मामिलासम्बन्धी निकायले उनी एक्लै बाँचिरहेका छन् भन्ने कुरा सन् १९९६ मा मात्रै थाहा पाएको थियो। त्यसपछि ती पुरूषको सुरक्षाका लागि सरकारले त्यो क्षेत्रलाई संरक्षण गरेको थियो।

अरू मानिससँग सम्पर्कमा नआउने भएकाले ती पुरूषको नाम के हो, उनी के भाषा बोल्थे भन्ने केही पनि पत्ता लाग्न सकेको थिएन। अनुसन्धानकर्ताहरूले उनको नाम ‘म्यान अफ द होल’ राखिदिएका थिए। किनकी उनी आफ्नो क्षेत्रको जमिनमा ठूला ठूला प्वाल बनाउँथे। तीमध्ये केही प्वाल जंगली जनावरलाई पासोमा पार्नका लागि हुन्थे भने केहीमा उनी आफैं लुक्थे।

Facebook Comments