पुरन शर्मा
अनेकौं रहर छन् मसँग
अनेकन रहर मेरै छन्
थप अघि बढ्ने रहर छ
उचाइ चढ्ने रहर छ
सागर पुग्ने र ?
सगर चुम्ने रहर छ
पीडा नबुझ्ने
पीडा थप्ने शहर छ
अनेकन् कहर छ मसँग
रहर चुम्ने पनि
कहर ब्यहोर्ने पनि
आफैंले हो थाहा छ
मैले हो
रहर चुम्न
कहर काट्नुपर्छ
समयसँग जीवन साट्नुपर्छ
सजिलै मेटिने भए रहरहरु
किन निर्दयी हुन्थे र शहरहरु ?
हिँड् सफा गर्न शहरहरु
पूरारा गर्न रहरहरु
लामो यात्रामा
नवलपुर, दाङ
Facebook Comments
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।