• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कर्णालीका रैथाने कृषि उत्पादन काठमाडौंमा बिक्री गरिने




खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कर्णालीको रैथाने उत्पादन खरिद गरी उपत्यकामा बिक्री गर्ने भएको छ । कर्णालीको स्थानीय रैथाने उत्पादन खरिद गर्न कम्पनीले हुम्लाको सिमकोट गाउँपालिकासँग सम्झौता गरेको छ ।

स्थानीय उत्पादनको प्रवद्र्धन र बजारीकरण गर्ने उद्देश्यसहित सम्झौता गरिएको हो । सिमकोट गाउँपालिकाले किसानले उत्पादन गरेको रैथाने उत्पादन (कोदो, फापर, भटमास, उवा, कागुनो) खरिद गर्नेछ भने गाउँपालिकाबाट खरिद गरेर खाद्य कम्पनीले उपत्यकामा ल्याई बिक्री वितरण गर्नेछ । कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालले स्थानीय उत्पादन खरिद गर्न सिमकोट गाउँपालिकासँग सम्झौता गरिएको जानकारी दिनुभयो ।

“गाउँपालिकाले किसानबाट सामान खरिद गरेर जम्मा पार्ने र हामीले काठमाडौँमा ल्याएर वितरण गर्छौं,” उहाँले जानकारी दिनुभयो । चिसो ठाउँमा उत्पादन भएको अर्गानिक र गुणस्तरीय उत्पादन बजारीकरण हुनुका साथै उपभोक्ताले सस्तो मूल्यमा गुणस्तरीय उत्पादन खरिद गर्न पाउने उहाँले जानकारी दिनुभयो ।

किसानले उत्पादन गरेको उत्पादनले बजार नपाएर खेर गइरहेको बेला कम्पनीले खरिद गरेर ल्याउने हुँदा स्थानीय उत्पादनको बजार पहुँच हुने उहाँले जानकारी दिनुभयो । सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीले गाउँपालिकाभरि उत्पादन भएको फापर, उवा, कागुनो, चिनो खरिद गर्न लागिएको जानकारी दिनुभयो ।

किसानको उत्पादन गाउँपालिकाले खरिद गर्दा किसान खेती गर्न आकर्षित हुने उहाँले जानकारी दिनुभयो । “स्थानीय उत्पादनले बजार नपाउँदा जग्गा बाँझै रहेका छन् । गाउँपालिकाले उत्पादन खरिद गर्दा किसानको उत्पादन खेर जाँदैन,” अध्यक्ष भण्डारीले भन्नुभयो ।

Facebook Comments